प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे संसदमा छलफल हुन्छ : कानुनमन्त्री कोइराला

काठमाडौं, साउन २० गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावबारे संसदमा छिट्टै छलफल हुने बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सो महाअभियोग प्रस्ताव तत्काल छलफलमा ल्याउन सरकारलाई दबाब दिइरहेकाबेला उहाँको यस्तो भनाइ आएको हो ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले बजेट पारित गराउने पहिलो दायित्व भएकाले संसद्मा सो महाअभियोग प्रस्तावबारे छलफल गराउने काममा केही ढिलाइ हुन गएको जिकीर समेत गर्नुभयो ।

मन्त्री कोइरालाले सो महाअभियोग प्रस्ताव संसद्मा छलफल गराउन संघीय संसद्को कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको जानकारीसमेत दिनुभयो ।

मन्त्री कोइरालाले भन्नुभयो, “संसदको बजेट पारित गराउनुपर्ने पहिलो दायित्व थियो । अब त्यो पारित भइसकेको छ । अब बजेट पारित भइसकेपछि बाँकी रहेका विधेयकहरु आउँदैछ ।” महाअभियोगलाई पनि छिट्टै संसदमा छलफल गराउँने उहाँले बताउनुभयो । संसदमा छलफल गराउने कुरामा चाहिँ कार्य व्यवस्था परामर्श समितिमा छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो । यही अधिवेशनमा त्यो छलफल भएर उहाँविरुद्ध लगाएको आरोपहरु के–के हुन, आरोपसँग सम्बद्ध प्रमाणहरु के–के हुन ? त्यसबारे संसद्मा छलफल हुन्छ ।’’

मन्त्री कोइरालाले महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीश जबराविरुद्ध लगाइएका आरोपहरुबारे व्यापक छलफल हुने बताउनुभयो । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ दलमा आवद्ध ९८ जना सांसदहरुले गत फागुन १ गते संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । मन्त्री कोइरालाले प्रधानन्यायाधीश जबरा निलम्बित भएपनि उहाँको सबै कार्यभार कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले गरिरहनु भएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter