अर्थमन्त्री जनार्दन शर्माको राजीनामा; अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं, असार २२ गते । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।

संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम अर्थमन्त्री शर्माले राजीनामा दिनुभएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत् जानकारी दिनुभएको हो ।

अर्थमन्त्री शर्माले बुधबारको प्रतिनिधिसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको हो ।

गत जेठ १४ गते आगामी आर्थिक बर्षको बजेट निमार्णको क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गरी करका दर हरफेर गरेको बिषयमा संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन ।

उनले संसदमा बोल्दै आफुबाट कुनै गल्ती नभएको र संसदीय छानबिन समितिलाई सहयोग गर्ने बताए ।

प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेपछि समिति गठन भएको हो ।

को को छन् छानबिन समितिमा ?

एमालेबाट
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक

कांग्रेसबाट
पुष्पा भुसाल
सीताराम महतो

माओवादी केन्द्रबाट
देव गुरुङ
शक्ति बस्नेत

नेकपा एसबाट
सरला यादव

जसपाबाट
सुरेन्द्र यादव

लोसपाबाट
लक्ष्मणलाल कर्ण

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter