कुशल उत्पादन अभ्यासतर्फ औषधि लिमिटेड

काठमाडौँँ,असार २३ गते । नेपाल औषधि लिमिटेडले हेमोडायलासिस उपकरण, पानी प्रशोधन तथा वितरण प्रणाली र एयर ह्यान्डिलिङ युनिट सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सो युनिटको उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री बडूले नेपाल औषधि लिमिटेडले थपेका नयाँ उपकरणले कुशल उत्पादन अभ्यास हुने र आत्मनिर्भरता तर्फको यात्रामा कोशेढुङ्गा साबित हुने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटले पनि उत्पादन वृद्धिका लागि विशेष लक्ष्य, नीति तथा कार्यक्रम तय गरेकाले चिकित्सा क्षेत्रमा थप औषधि र औषधि उपचारमा प्रयोग हुने वस्तु उत्पादनलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सो अवसरमा नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक मोहम्मद सफिउल्लाहले हेमोडायलासिस उपकरणबाट हेमोडायलासिसको उपचार लिनुपर्ने बिरामीका लागि चाहिने औषधि नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय उत्पादन हुने जानकारी दिनुभयो । यस उपकरणबाट अब दैनिक आठ सयदेखि एक हजार छ सय युनिटसम्म उत्पादन गर्न सकिने बताउनुभयो ।

पानी प्रशोधन उपकरणको स्थापना र सञ्चालनपछि औषधिजन्य प्रयोजनका लागि आवश्यक शुद्ध प्रशोधित पानी उपलब्ध हुनेछ । सूक्ष्म जैविक शाखाअन्तर्गत एयर ह्यान्डिलिङ युनिटको स्थापनापछि औषधि उद्योगमा प्रयोग हुने पानी, विभिन्न कच्चापदार्थ र तयारी औषधिको सूक्ष्म जैविक परीक्षण हुनुका साथै औषधि उत्पादन अभ्यास प्रमाणपत्रका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ १२० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड हाल चारवटा उत्पादनमा मात्र सीमित रहेको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कोरोना महामारीको समयमा गाउँगाउँमा औषधि तथा स्वास्थ्य उपकरण सहयोग गर्ने क्रममा सिटामोलको अभाव भएको गुनासो आएको र त्यसैको खोजी गर्दै जाँदा नेपाल औषधि लिमिटेडमा उपकरण मर्मतलगायत कार्यमा सहकार्य गरिरहेको बताउनुभयो । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीले औषधिमा आत्मनिर्भर बन्न सरकारले उद्योगको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter