ठूला औद्योगिक प्रतिष्ठान २३ प्रतिशतले वृद्धि

काठमाडौं, असार २४ गते । नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागको एक सर्वेक्षणले देखाएको छ । तथ्याङ्क विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो ।

विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५.४९ र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशतभन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताउनुभयो ।

उहाँले साना उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुमा १० जनाभन्दा कम व्यक्ति संलग्न भएकामध्ये करिब ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको जानकारी दिनुभयो । तीमध्ये ६० प्रतिशत साना उद्योग तथा प्रतिष्ठानहरुले भने ऋण नलिएको र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको निर्देशक आचार्यको भनाइ छ ।

सर्वेक्षणअनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ । औद्योगिक प्रतिष्ठानहरुमा करिब छ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्याङ्क सर्वेक्षणले देखाएको छ ।

त्यस्तै, सर्वेक्षणको नतिजाअनुसार यस अवधिमा नेपालमा उद्योगको सङ्ख्या ६० हजार १८५ वटा पुगेको निर्देशकले बताउनुभयो । उहाँले ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पदान उद्योग ६५ हजार ६११, विद्युत सेवा ९९४ र पानी, फोहोरलगायत क्षेत्रमा काम गर्ने दुई हजार २२४ उद्योग रहेको औंल्याउनुभयो ।

नेपालमा भएका चारवटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा चार लाख ९१ हजार २२७ जना मानिसले रोजगारी पाएका छन् । जसमा खानी तथा उत्खनन् क्षेत्रमा छ हजार ४८५, औद्योगिक उत्पादन उद्योग चार लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको देखाएको छ ।

सर्वेक्षणले चारवटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तलब तथा सुविधा गरेर एक खर्ब सात अर्ब ८९ करोड रहेको देखाएको छ ।

लकडाउनमा आर्थिक शोषण

सर्वेक्षणले लकडाउनका समयमा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकमाथि ठूलो आर्थिक शोषण भएको देखाएको छ । विभागको औद्योगिक सर्वेक्षण अनुसार १० जनाभन्दा धेरै कर्मचारी राखेका उद्योगहरुमा अस्थायी मात्र नभई स्थायी कर्मचारीलाई समेत सेवा सुविधाविहीन अवस्थामा पुगेको देखाएको हो ।

तथ्याङ्कअनुसार अस्थायी प्रकृतिका ६० प्रतिशत कामदारले बिना तलब सुविधा कामबाट निस्कनु परेको छ ।

यस्तै, १७ प्रतिशत स्थायी कर्मचारी समेत सो समयमा बिना सेवा सुविधा बसेका थिए । सर्वेक्षण प्रतिवेदनअनुसार ११ प्रतिशतले मात्र आंशिक तलब सुविधा पाए भने १२ प्रतिशत कर्मचारीले समयमा तलब नपाएको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को महामारीका समयमा सरकारले गरेको करिब चार महिनाको लकडाउन अवधिमा लगभग ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।

यसैगरी, २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिक रुपमा सञ्चालनमा रहेका र बाँकी १३ उद्योग प्रतिष्ठान पूर्णरुपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

विभागले विगतमा उत्पादनशील उद्योगहरुलाई मात्रै समेटेर गणना गर्ने गरिएको भए पनि यो सर्वेक्षण अन्तर्राष्ट्रिय मान्यता बमोजिम अन्य थप तीन क्षेत्रलाई समेटेर राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ गणना गरेको विभागले जनाएको छ ।

विभागले २०७६ फागुनमा तथ्याङ्क सङ्कलन सुरु गरेको थियो । तर, बीचमा कोभिड–१९ महामारीका कारण तथ्याङ्क सङ्कलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्याङ्क सार्वजनिक गरिएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter