चार नेतासँग स्पष्टीकरण सोध्ने राप्रपाको निर्णय

काठमाडौं, असार २९ गते। राप्रपाले अनुशासनहित गतिविधिमा संलग्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बुधबार यस्तो निर्णय गरेको हो।

अनुशासनहिन काम गर्नेलाई कुनै पनि हालतमा छुट नदिने निर्णय गर्दै पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नेताहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम प्रसाद तिमल्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

‘‘राप्रपाको बृहत्तर हित र एकतामा आँच आउने गरी केही व्यक्तिले पार्टीको नाम दुरुपयोग गर्दै भेला, छलफल र बैठक गरेको विषयलाई पार्टीले गम्भीर रुपमा लिएको छ। अनुशासनहिन गतिविधिलाई पार्टीले कुनै हालतमा छुट दिने छैन। पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रशारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको छ’’, बैठकपछि प्रवक्ता श्रेष्ठले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘‘पार्टीको केन्द्रीय सचिवालयले उक्त गतिविधिमा संलग्न भएकाहरु दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम प्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई आज नै स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ।’’

बैठकमा पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, पार्टीका पदाधिकारीहरु, कार्यसम्पादन समितिका सदस्यको उपस्थिति रहेको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter