सरकारी बेरुजु एक खर्ब १५ अर्ब रुपियाँभन्दा बढी

विष्णु पाण्डेय / काठमाडौं, असार २९ गते । गत आ. व. २०७७–७८ मा सरकारी बेरुजु एक खर्ब १५ अर्व पाँच करोड ५० लाख रुपियाँ पुगेको छ । बुधबार महालेखापरीक्षकले आव २०७७–७८ को लेखापरीक्षणको ५९ औँ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश पनि गरेको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक बर्ष २०७६–७७ को तुलनामा गत आव २०७७–७८मा बेरुजु १५ प्रतिशतले वृद्धि भएको देखिएको छ । महालेखापरीक्षक टंकमणि शर्माका अनुसार गत वर्ष संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थातर्फको बेरुजु १ खर्ब १५ अर्ब ५ करोड ५० लाख रुपियाँ रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हो।

तीनै तहका सरकार, संगठित संस्थाको ७५ खर्ब १७ अर्ब ९५ करोडको लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनमा १ खर्ब २७ अर्ब १९ करोड ४० लाख रुपियाँ बेरुजु देखिए पनि प्रतिवेदन बुझाउने बेलासम्म १२ अर्ब १३ करोड ९० लाख बेरुजु फर्छौट भएको छ । जुन ९.५४ प्रतिशत हो।

गत वर्षसम्मको लेखापरीक्षणबाट फस्र्यौट गर्न बाँकी रहेको बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड ६५ लाख रुपियाँ पुगेको महालेखापरीक्षक शर्माले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७–७८ मा आयोगले ३ हजार २८७ संघीय सरकारी कार्यालयको विनियोजनतर्फ ११ खर्ब २४ अर्ब १६ करोड, राजस्वतर्फ ११ खर्ब २ अर्ब ९६ करोड, धरौटीतर्फ ६६ अर्ब २७ करोड र अन्य कारोबारतर्फ ५ खर्ब २६ अर्ब ९९ करोडसहित २८ खर्ब २० अर्ब ३८ करोडको लेखापरीक्षण गरेको थियो। त्यस्तै, प्रदेश मन्त्रालय तथा अन्य निकायका १ हजार एकसय ३१ कार्यालयको २ खर्ब ९९ अर्ब ५७ करोड रुपियाँको लेखापरीक्षण भएको छ ।

आयोगले ७५३ मध्ये ७४४ र गत वर्षको बाँकी रहेको ५५ वटा समेत गरी ७९९ को १० खर्ब ५६ अर्ब १० करोड, विश्वविद्यालय, समिति, संस्था, प्रतिष्ठानसमेत ४४८ को २ खर्ब ६ अर्ब ११ करोड र संगठित संस्था ९३ को ३१ खर्ब ५५ अर्ब ९३ करोडसमेत ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण सम्पन्न गरेको सो कार्यालयले जनाएको छ।

प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा २.५२ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी कर्णाली प्रदेशको ५.०६ प्रतिशत र सबैभन्दा घटी लुम्बिनी प्रदेशको १.०९ प्रतिशत रहेको छ । स्थानीय तहतर्फ लेखापरीक्षण अंकको तुलनामा ४.१८ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा २३.८७ प्रतिशत र सबैभन्दा घटी ताप्लेजुङ् जिल्लाको सिरीजङ्गा गाउँपालिका र प्यूठानको मल्लरानी र मरुमारानी गाउँपालिकाको बेरुजु शून्य रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter