गत वर्ष १० खर्ब ६७ अर्ब ९५ करोड राजश्व संकलन

विष्णु पाण्डेय / काठमाडौं, साउन १ गते । आइतबारबाट आर्थिक वर्ष २०७९–८० शुरुभएको छ । गत आ.व.मा १० खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ । महालेखापरीक्षक कार्यालयको तथ्यांकअनुसार सरकारले गत आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजश्व सँकलन गर्ने लक्ष्य राखेकोमा १० खर्ब ६७ अर्ब ९५ करोड अर्थात लक्ष्यको ९०.४६ प्रतिशत संकलन भएको देखिएको छ ।

कार्यालयको तथ्यांकअनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड रुपियाँ बराबरको कर राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ९ खर्ब ८४ अर्ब १६ करोड ४२ लाख बराबरको संकलन गरिएको छ । यो कूल लक्ष्यको ९२.१५ प्रतिशत हो ।

त्यस्तै, गैरकर राजश्वतर्फ एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ८३ अर्ब ७९ करोड ४३ लाख संकलन भएको छ । यो कूल लक्ष्यको ७४.३९ प्रतिशत बराबर हो ।

वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख रुपियाँ प्राप्त हुने लक्ष्य राखेकोमा हालसम्म १८ अर्ब २९ करोड ३५ लाख अर्थात् ३०.५३ प्रतिशत बराबर प्राप्त भएको छ । सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा कूल लक्ष्यको ९१.४७ प्रतिशत रहेको महालेखापरीक्षक कार्यालयको विवरणले जनाएको छ ।

चालु खर्च बढी

कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७९.३९ प्रतिशत बराबरको खर्च गरेको छ । चालु आ.व.मा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपियाँ बराबर खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये १२ खर्ब ९६ अर्ब २४ करोड बराबर खर्च गरेको छ । जसमा चालु खर्चको मात्रा बढी रहेको छ ।

चालु आ.व.मा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये ९ खर्ब ६१ अर्ब ४७ करोड ४३ लाख खर्च भएको छ । यो कूल लक्ष्यको ९०.२५ प्रतिशत हो ।

पुँजीगत खर्च २ खर्व १० अर्ब नाघ्यो

विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च २ खर्ब १० अर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब नौ करोड ७७ लाख रुपियाँ बराबरको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये २ खर्ब १६ अर्ब ३७ करोड २७ लाख रुपियाँ बराबर खर्च भएको छ । यो कूल विनियोजनको ५७.२३ प्रतिशत हो ।

यस्तै, वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएकोमध्ये हालसम्म ६२.५ प्रतिशत बराबरको बजेट खर्च भएको छ । सरकारले १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपियाँ बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । त्यसमध्ये १ खर्ब १८ अर्ब ३९ करोड ७७ लाख रुपियाँ बराबरको रकम खर्च भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter