कार्यस्थलमा लैङ्गिक हिंसा रोक्ने निर्देशिका मस्यौदा हस्तान्तरण

काठमाडौं, साउन ४ गते । सञ्चार क्षेत्रका लागि कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे निर्देशिकाको मस्यौदा तयार भएको छ । सो मस्यौदा बुधबार प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरिएको छ । सञ्चार प्रतिष्ठान र मिडियाको समग्र क्षेत्रको कार्यस्थललाई सुरक्षित गर्न संयन्त्रको आवश्यकता महसुस गरेर प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ र यस क्षेत्रमा कार्यरत सङ्घ संस्था एवम् विज्ञहरूबीच छलफलसहित निर्देशिकाको मस्यौदा तयार पारिएको बताइएको छ ।

मिडिया एडभोकेसी गु्रप (म्याग), सोलिडारिटी सेन्टर नेपालको संयोजनमा विभिन्न प्रदेशमा भएको अन्तरक्रियाको सहयोगमा तयार गरिएको मस्यौदालाई बुधबार काउन्सिल र महासङ्घलाई बुझाइएको वरिष्ठ पत्रकार वविता बस्नेतले बताउनुभयो ।

म्यागका निर्देशक समेत रहनुभएका बस्नेतले सो मस्यौदा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत र महासङ्घ अध्यक्ष विपुल पोखरेललाई हस्तान्तरण गर्नुभयो । मस्यौदामाथि दुवै संस्थाबीच थप छलफल र गृहकार्य गरी कार्यान्वयन तहमा लैजाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यसअघि काउन्सिलका अध्यक्ष बस्नेत, महासङ्घका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महसङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, मिडिया एड्भोकेसी गु्रपका अध्यक्ष अनिता बिन्दु र निर्देशक बस्नेत सहितको निर्देशिका मस्यौदा समिति गठन भएको भयो ।

समितिको तर्फबाट प्रारम्भिक मस्यौदा तयार भई सातै प्रदेशलाई समेट्ने गरी विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छलफल आयोजना गरिएको थियो । प्रदेशस्तरीय छलफलमा आएका सुझावलाई समेत समेटेर काठमाडौंमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सञ्चार सचिव डा. वैकुण्ठ अर्याल, काउन्सिलका अध्यक्ष, महासङ्घका अध्यक्षसहित सञ्चार गृहका व्यवस्थापन तथा सम्पादकीय प्रमुख र यस क्षेत्रका विज्ञसमेतको सहभागितामा राष्ट्रिय तहको छलफल कार्यक्रम गरिएको बस्नेतले बताउनुभयो ।

म्यागका निर्देशक बस्नेतले कार्यस्थलमा हुने लैङ्गिक हिंसाबारे खुलेर बोल्न र आगामी दिनमा हिंसा रोक्न यो निर्देशिकाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महासङ्घका अध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारिता जगतमा एउटा महत्वपूर्ण काम भएको भन्दै महासंघले कार्यान्वयनमा लैजाने बताउनुभयो ।

मस्यौदा लेखनको संयोजन समेत गर्नुभएका महासङ्घका पूर्व अध्यक्ष डा.महेन्द्र विष्टले म्याग र सोलिडारीटी सेन्टरलाई धन्यवाद दिँदै मिडिया क्षेत्रमा जो कोहीपनि कार्यस्थलमा सुरक्षित हुनुपर्छ भन्ने ध्येयकासाथ निर्देशिका तयार भएको बताउनुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले छोटो अवधिमा महत्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो । निर्देशिकालाई चाँडै अन्तिम रुप दिइने उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter