राष्ट्रिय सूचना आयोगद्वारा ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट

काठमाडौँ, साउन ५ गते । राष्ट्रिय सूचना आयोगले ९९.६२ प्रतिशत पुनरावेदन फर्छ्यौट गरेको छ । आयोगका अनुसार एक हजार ८१ वटा पुनरावेदन परेकोमा एक हजार ७७ वटा पुनरावेदन फर्छ्यौट गरेको बताएको हो । आयोगमा महिला तर्फबाट ८३९ वटा र पुरुष तर्फबाट २४२ वटा छन् ।

आयोगले आदेश दिँदा समेत सूचना उपलब्ध नगराएकाले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम चार वटा सार्वजनिक निकायका पदाधिकारीहरुलाई कारबाही गरेको आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभयो ।

सूचना उपलब्ध नगराउनुभएका पद्यकन्या बहुमुखी क्याम्पसका कार्यालय प्रमुख डा. धनप्रसाद पण्डित र पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख डा. घनश्याम खतिवडालाई जनही १५ हजार रुपियाँ र धरान उपमहानगरपालिकाका कार्यालय प्रमुख लक्ष्मीप्रसाद पौडेल र राजपुर नगरपालिकाका कार्यालय प्रमुख बैजु ठाकुरलाई जनही १० हजार रुपियाँको दरले कारबाही गरेको छ ।

वि.सं.२०७६ कार्तिकसम्म जम्मा २१ जनालाई कारवाही भएकोमा पछिल्लो दुई वर्षमा ११ जनासहित हालसम्म ३२ जनामाथि आयोगले कारबाही गरेको छ ।

यस्तै, तराई, मधेश र थरुहटलगायतका आन्दोलनमा भएको हत्या, हिंसा, आगजनी, तोडफोडलगायतका घटनाहरुको सत्यतथ्य छानबिनसम्बन्धी गठित उच्चस्तरीय छानविन आयोग, २०७३ को प्रतिवेदन उपलब्ध गराउन पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिइएको छ ।

चर्चित ३३ किलो सुनलगायतका विषयमा गठित विशेष अनुसन्धान टोलीको प्रतिवेदन सार्वजनिक गर्न पनि गृह मन्त्रालयलाई आयोगले आदेश गरेको छ ।

आत्महत्या सम्बन्धी तथ्याङ्कको महत्वलाई ध्यानमा राखी नियमित रुपमा तथ्याङ्क अध्यावधिक गर्न र सार्वजनिक गर्न प्रहरी प्रधान कार्यालयलाई समेत आयोगले आदेश दिएको छ ।

सार्वजनिक खरिदको आकार बढ्दै गएको र भ्रष्टाचार तथा अनियमितता विषय बाहिर आएकाले सार्वजनिक खरिद प्रक्रिया र क्रियाकलापलाई अधिकतम रुपमा पारदर्शी बनाउन पनि निर्देशन दिइएको छ ।

नेपाल सरकारबाट आयोगको लागि आएको कुल बजेट पाँच करोड दुई लाख २५ हजार रुपियाँ विनियोजन भएकोमा चार करोड ४५ लाख ५० हजार १७१ रुपियाँ खर्च भएको र आयोगको बेरुजु शून्य रहेको आयोगद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरेको छ । –उपेश महर्जन

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter