बाल श्रमिकबाट उद्योग सञ्चालक भएका मौर्या

जानु पाण्डे / कपिलवस्तु साउन ९ गते । कपिलवस्तु शिवराज नगरपालिका –४ का सोमनाथ मौर्या १३ वर्षको उमेरमा झोला उद्योगका श्रमिक हुनुहुन्थ्यो । विपन्न परिवारका मौर्या रोजगारको सिलसिलामा बाल श्रमिक बन्न भारत पुग्नुभएको थियो । अहिले आफ्नै उद्योगको मालिक बन्न सफल हुनुभएको छ ।

१७ वर्षसम्म झोला सिउने काम गर्नुभयो । तीन कम्पनीमा काम गरेको अनुभव संगाल्नुभएका मौर्याले चार वर्ष अघि आफै उद्योग सञ्चालन गरेपछि मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

मौर्याले साथीसँग १ लाख २० हजार रुपियाँ सापटी मागेर आफ्नै टोलमा मौर्या ब्याग उद्योग सञ्चालन गर्नुभयो । सीप जान्यो भने स्वदेशमा स्वरोजगार हुन सकिने रहेछ मौर्याको भनाइ छ । म करिव २ दशक श्रमिक भएर काम गरें, त्यहाँ न्यून ज्याला र मालिकले दिएको यातना सहेर काम गरें मौर्याले भन्नुभयो, “सीप सिकेपछि म आत्मनिर्भर भएको छुँ । उद्योगमा हाल १४ लाख रुपियाँ लगानी थप्न सफल भएको छुँ ।”

उद्योग सञ्चालन भएको वर्ष सापटी लिएको पैसा चुक्ता गरेको उहाँले बताउनुभयो । चार कक्षासम्म अध्ययन गर्नुभएका सोमनाथले चार बर्षदेखि ब्याग उत्पादन गर्दै आउनुभएको छ । मासिक औषत डेढ लाख रुपियाँ आम्दानी हुनेगरेको उहाँले बताउनुभयो ।

उद्योगमा चार जना कामदारले रोजगारी पाएका छन् । उत्पादन गरेको झोला घरबाटै बिक्री हुनेगरेको मौर्याले बताउनुभयो । स्थानीय र चन्द्रौटा आसपासका बजारका व्यापारीहरुले थोक मूल्यमा खरिद गर्न आउनेगरेको उहाँले बताउनुभयो । उद्योगमा स्कुल ब्याग, यात्रा गर्दा बोक्ने ब्याग, पछाडि भिर्ने ब्याग उत्पादन गरिदैआएको उहाँको भनाइ छ । दैनिक औषत १ सय ब्याग उत्पादन हुनेगरेको मौर्याले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter