करारका कर्मचारी हटाउँदा स्थानीय सरकारको कामकाज प्रभावित

ललिता साह / सप्तरी, साउन ९ गते । सप्तरीका स्थानीय तहबाट करार कर्मचारी हटाउँदा यहाँको कामकाज प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधि आउँदा उहाँहरुले करारका कर्मचारी हटाउनुभएको हो । यहाँको हनृमाननगर, डाक्नेश्वरी, तिलाठी कोइलाडी, रुपनी, कञ्चनरुप लगायतका पालिकामा सृचना निकालेरै करारको कर्मचारी हटाउँदा स्थानीय तहहरुको कामकाज प्रभावित भएको छ ।

तिलाठी कोइलाडीले करारको कर्मचारी हटाएको महिना दिन वितिसक्यो तर कार्यपालिकाले अर्को विकल्प नगरेकाले पालिकाको कामकाज प्रभावित भएको स्थानीयको भनाइ छ । यहाँका हजारौं सेवाग्राही मारमा परेको स्थानीय युवा सृनिल झाले बताउनुभयो ।

विना कुनै विकल्प नगरले ५० जना बढी कर्मचारी हटाउँदा पन्जिकरणदेखि नागरिकको सामान्य कामका लागि हप्ता दिनदेखि फर्किनुपरेको डाक्नेश्वरी नगरपालिकाको स्थानीय नेता नारायण यादवले गुनासो गर्नुभयो । योजनाबिनै विभिन्न पालिकाको सयौं करारको कर्मचारी हटाउँदा महिनौदेखि सप्तरीका स्थानीय तहमा सेवा नपाएर सेवाग्राही मर्कामा परेका छन् ।

करारको कर्मचारीलाई राख्ने नराख्ने विषसमा दुई हप्तादेखि कार्यपालिकाको बैठक बस्दा टुङ्गो लाग्न नसकेको तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृत केशव झाले बताउनुभयो । अघिल्लो जनप्रतिनिधीले पहुँच र सत्ताको भरमा राखेका सप्तरीको १८ वटा पालिकाको सयौ करारका कर्मचारीको जागिर अहिले धरापमा परेको छ ।

“व्यक्तिगत सम्वन्ध र विश्वासको भरमा पाँच वर्षसम्म सरकारी जागिरको स्वाद लिन पाइयो तर अब पुरानै पेशामा फर्किनु पर्ने अवस्था आइसकेको छ” रुपनी गाउँपालिकाका दुई महत्वपूर्ण शाखा सम्हाल्दै आउनुभएका एक कर्मचारीले नाम नबताउने शर्तमा भन्नुभयो ।

राजनीतिक पहुँचकै आधारमा पाँच वर्षसम्म नगरपालिकाको प्राविधिक शाखाको महत्वपूर्ण कामकाज सम्हाल्दै आउनुभएका खड्क नगरपालिकाको एक कर्मचारीले दुखेसो पोख्नुभयो । हुन त करारको कर्मचारी हटाउने विषयमा सरकारले कुनै निर्णय गरेको छैन । तर करारका कर्मचारी हटाउन नहुने कुनै कानुनी कार्यविधि नरहेकाले पनि कर्मचारीहरु थप अन्यौलमा परेका हुन् ।

स्थानी तह निर्वाचन– २०७९ सम्पन्न भएसँगै स्थानीय तहहरुमा नवनिर्वाचित भएर आउनुभएका जनप्रतिनिधिल आफ्ना नजिककालाई नियुक्त गर्ने मनसायले पुराना करारका कर्मचारीहरुलाई अनेक बहाना बनाएर हटाउँदै आएका छन् ।

सप्तरीमा अधिकांश स्थानीय तहहरू करारकै कर्मचारीले धान्दैआएका थिए । विगतमा नगर प्रमुख र पालिका अध्यक्षहरुले कर्मचारीको ६० देखि ८० प्रतिशत करारकै कर्मचारीहरु भर्ना गरेर स्थानीय तहको काम हुँदैआएको कर्मचारीहरुको भनाइ छ ।

यहाँका पालिका हनुमाननगर, बोदेवसाइन, डाक्नेश्वरी, सुरुङ्गा, शम्भुनाथ, राजविराज नगरपालिका र तिलाठी कोइलाडी, राजगढ, रुपनी, वलान विहूल, तिरहुत, महदेवा, अग्निसाइर कृष्णासवरण गाउँपालिका करारको कर्मचारी भर्ना गर्ने पालिकामध्ये अग्रस्थानका छन् ।

रुपनी गाउँपालिकामा करारका ४९ जना कर्मचारी कार्यरत छन् । तिलाठी कोइलाडीमा ५६ जना, राजगढमा २५, शम्भूनाथमा ६७ जना, वोदेवसाइनमा ७६ जना करारका कर्मचारी कार्यरत छन् । स्थनीय तहका प्रमुख तथा उपप्रमुखहरुले आफू निकटका कर्मचारी राखी काम काज गराउन सहज हुनेभन्दै यसअघिका करार कर्मचारीलाई हटाउने गरेको बताउने गरेका छन् ।

अग्नीसाइरकृष्णावरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले भन्नुभयो, “पुरानो कर्मचारीबाट कार्यालय व्यवस्थापन लगायतका कामकाज गराउन असहजता हुनेभएपछि सहजताका लागि अनुकुल करारका कर्मचारी राख्ने गरेका हौं ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter