उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा

काठमाडौं, साउन १३ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर लूले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा नेपाल–अमेरिकाबीच मैत्रीपूर्ण सहयोग र सम्बन्धका विषयमा विचार आदान–प्रदान भएको जानकारी प्रधानमन्त्री देउवाले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले अमेरिकाको निरन्तर विकास सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिँदै अमेरिकी सरकारबाट उच्चस्तरको आर्थिक संलग्नताको अपेक्षा गरेको उल्लेख गर्नु भएको छ ।

भेटमा विगत ७५ वर्षको नेपाल–अमेरिका साझेदारी र जनता–जनताबीचको सुमधुर सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । दुई दिने नेपाल भ्रमणमा बिहीबार नेपाल आइपुग्नु भएका लूले यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter