अलैँची प्रवद्र्धन अभियान

काठमाडौँ, साउन १४ गते । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची उत्पादन प्रवद्र्धनका लागि ‘वाह ! अलैँची’ अभियान सुरु गरेको छ । प्रदेश १ सरकारको कृषि मन्त्रालय तथा स्विस सरकार विकास सहयोग (एसडीसी)को सहयोग र होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा महासङ्घले सुरु गरेको अभियानको ब्रान्ड एम्बेसडर बीबीसी मास्टर सेफ सन्तोष साह रहनुभएको महासङ्घले जनाएको छ ।

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न आयोजना गरिएको जनाएको छ । यो अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्त्वपूर्ण सामग्रीका रूपमा प्रयोग बढाउने मात्र नभई आर्थिक गतिविधिसमेत बढाउन सहयोग पु-याउने विश्वास लिएको छ ।

अभियानका ब्रान्ड एम्बेसडर साहले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवद्र्धन गर्न विशेष परिकारका रेसिपीहरू तयार गर्नुहुनेछ । साथै, यो अभियानले युवा आकाङ्क्षी प्रशिक्षार्थी तथा सेफलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च पनि प्रदान गर्ने बताइएको छ । प्रशिक्षार्थी तथा सेफहरूबीच अलैँची प्रयोग गरी विभिन्न परिकार बनाउने प्रतिस्पर्धासमेत गराउने बताइएको छ ।

नेपालमा छ हजार छ सय मेट्रिक टन अलैँची उत्पादन हुन्छ । यो पूर्वी पहाडी जिल्लाको कृषकको आम्दानीको मुख्य स्रोत हो तर नेपाली अलैँचीको प्रयोग घरेलु बजारमा बढेको छैन, बरु भारतलगायत अन्य देशबाट आयात हुने सुकमेलले प्रतिस्थापन गरिरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैँचीको आन्तरिक बजारमा खपत एक सय टनभन्दा कम थियो । त्यसैगरी नेपाली बजारमा एक सय ग्राम अलैँची एक सय रुपियाँदेखि १५० रुपियाँसम्म खुद्रा खरिद बिक्री हुने गरेको छ तर त्यसको तुलनामा बाहिरबाट आउने सुकमेल एक सय ग्रामको चार सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने गरेको महासङ्घले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter