अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण

काठमाडौं, साउन १५ गते। जनार्दन शर्माले राजीनामा दिएको २५ दिनपछि पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाउनुभएका शर्माले पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो।

नवनियुक्त अर्थमन्त्री शर्माले पदभार ग्रहण पश्चात बोल्दै विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागि पर्ने प्रतिवद्धता जनाउनुभयो।

मन्त्री शर्माले बजेट कार्यान्वयनमा भएका कमजोरीलार्ई समीक्षा गर्दै चालु आवको बजेट कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले मन्त्रालयका कर्मचारीको सहकार्यमा मन्त्रालयको काम गर्ने बताउनुभयो।

मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। मन्त्री शर्मा माथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो। त्यसबारे छानबिन गर्न संसदीय समिति बनेकै दिन असार २२ गते शर्माले पदबाट राजीनामा दिनुभएको थियो। समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter