नागरिकता विधेयकको संवेदनशील विषय परिमार्जन गर्न सकिन्छ : गृहमन्त्री खाण

काठमाडौं, भदौ १३ गते । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

गृहमन्त्री खाणले राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता आएको सो विधेयकमा केही संवेदनशील र महत्वपूर्ण विषय रहेको उहाँले चर्चा गर्नुभयो । त्यस विषयलाई समाधान गरेर जान सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । नागरिकता सम्बन्धमा संविधानकै केही प्रावधान परिष्कृत र परिमार्जित गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसलाई अघि बढाउन पनि सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री खाणले भन्नुभयो, ‘राष्ट्रियसभाबाट पनि पारित भई राष्ट्रपतिसँग यो विधेयक जाँदा अहिले सन्देशसहित आएको छ । सो सन्देशबारेमा छलफल गर्न सकिन्छ ।’

“कतिपय ज्यादै संवेदनशील र महत्वपूर्ण सवालहरु छन, ती सवालमा सरकार गम्भीर छ, सदन पनि गम्भीर बन्नेछ” गृहमन्त्री खाणले भन्नुभयो, “कतिपय सवाल संविधानलाई परिष्कृत र परिमार्जित गर्नुपर्ने पनि छ ।”

संविधानमा समानताको हकको व्यवस्था रहेको चर्चा गर्नुहुँदै गृहमन्त्री खाणले नेपालमा जात, धर्म, समूदाय, वर्ण, भूखण्डको आधारमा कसैलाई पनि असमान व्यवहार नगरिने बताउनुभयो । “विदेशबाट भित्र्याइएका बुहारीलाई नागरिकता दिने सवालमा, महिला र पुरुषको पहिचान नखुलेका अल्पसंख्यकलाई नागरिकता दिने सवालमा अझै पनि खुला छलफल गर्न सकिन्छ” उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सघन छलफल गरी सहमतिमै सरकारले सो विधेयक अघि बढाएको पनि उहाँको भनाइ छ । सो विधेयक ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको र अध्यादेशमा आधारित रहेको पनि समितिलाई जानकारी गराउनुभयो । नागरिकताजस्तो विषयलाई रोक्नु हुँदैन भन्ने सत्प्रयासले सो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति समक्ष पुगेको उल्लेख गर्दै गृहमन्त्री खाणले त्यसमा सबै राजनीतिक दलको सहमति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पछिल्लो पटक सदन सूचारु भएपछि सरकारले गम्भीरतापूर्वक लिएर यसलाई अगाडि बढाएको हो । सत्तासिन घटकका सबै नेताहरुसँग पनि सघन छलफल भएको छ । प्रमुख प्रतिपक्ष दलका नेतासँग पनि सघन रुपमा हामीले छलफल गरिरहेका छौं ।”

२०७५ मा जुन मूल विधेयक आएको थियो । २०७८ सालमा जुन अध्यादेश जारी भएको थियो । त्यसैको आधारमा रहेर विधेयक ल्याउछौं भन्ने जानकारी दिएरै यो विधेयक अगाडि बढेको हो मन्त्री खाणले थप्नुभयो, “राष्ट्रियसभाका सबै सदस्यज्यूहरुलाई धन्यवाद । यसमा राम्रो छलफल भयो ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter