टी–२० विश्वकप ट्रफी नेपालमा : मंगलबार सगरमाथाको आधार शिविरमा प्रदर्शनी गरिने

काठमाडौं, भदौ १३ गते । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकप ट्रफी सोमाबार नेपाल ल्याईएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपालमा विश्वकप ‘ट्रफी टुर’ गराएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलनगरी विश्वकप ट्रफी नेपाल आइपुगेको र मंगलबार प्रदर्शनी गरिने जनाएको छ । क्यानका ब्यवस्थापक वृतान्त खनालले ट्रफीलाई मंगलबार सर्वोच्च शिखर सगरमाथाको आधार शिविर लगिने र सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने बताउनुभयो । उहाँले बुधबार ट्रफीलाई भक्तपुर दरवार स्क्वारमा सर्वसाधारणको अवलोकनका लागि प्रदर्शनीमा राखिने पनि जानकारी दिनुभयो ।

नेपालको ट्रफी टुरमा पूर्व खेलाडी महबुब आलमलाई सहभागि गराईनेछ । क्यानले विश्वकप ट्रफी दुई दिन नेपालमा रहने बताईएको छ । टी–२० विश्वकप ट्रफी पहिलो पटक नेपाल ल्याईएको हो । यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकप ट्रफी भने नेपाल ल्याईएको थियो । आईसीसीले यसपटक विश्वकप ट्रफी विभिन्न १३ देशको ३५ स्थानमा प्रदर्शनी गर्ने जनाएको छ ।

आईसीसी टी–२० विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ देशको सहभागिता रहनेछ । नेपाल भने एसिया छनोटबाट बाहिरिएको थियो । नेपालले यसअघि सन् २०१४ मा बंगलदेशमा भएको टी–२० विश्वकप खेलेको थियो । नेपालको त्यो नै पहिलो विश्वकप सहभागिता हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter