भदौ दोस्रो साता झापामा बिजी धानको रोपाइँ चल्दै

विष्णुप्रसाद पोखरेल / दमक, भदौ १६ गते । झापाको कमल गाउँपालिकामा भदौको दोस्रो सातामा नयाँ अभ्यासको रूपमा धानको बिउँ उत्पादनका लागि बिजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामूहिक रूपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताउनुभयो ।

आदिवासी सिमान्ताकृत समुदायलाई सहभागी गराएर बनाइएको सन्थाल उत्थान आइपीएम कृषक समूहमार्फत सो प्रयोगात्मक रूपमा ढिला धान लगाइएको उहाँले जानकारी दिनुभयो । “खेत बाँझो देखेपछि सोधखोज गरेर नयाँ प्रयोगको रूपमा धान रोप्ने काम भएको हो” कट्टेलले भन्नुभयो ।

यस धानको बिउँ जेठ तथा असार महिनामा बिउँ राखेर असार तथा साउन महिना रोप्ने र माघ तथा फागुनमा राखेर चैत, वैशाखमा रोपिने गरिन्थ्यो उहाँले बताउनुभयो । यो धान अब कात्तिक महिनामा काट्न सकिनेछ । किसानले धान काटेर बेमौसमी तरकारी समेत खेतमा लगाउन सक्ने भएकाले प्रभावकारी बन्न सक्ने उहाँको भनाइ छ ।

अहिले साउन महिनामा बिउँ राखेर भदौ महिनामा रोपिएको र सफल भएमा यो जातको धान तीन बालीसम्म लगाउन सकिने पनि कट्टेलले बताउनुभयो । “सफल भयो भने हामी सहजै तीन बालीसम्म धान फलाउन सक्छौँ” उहाँले भन्नुभयो । केही समय यता झापामा तीन बाली धान लगाउने क्रम बढ्दै गएको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा ९९ प्रतिशत धान रोपाइ भएको छ । ८७ हजार ५०० हेक्टरमा धान खेती हुँदैआएकोमा यो वर्ष ८६ हजार ६ सय २५ हेक्टरमा धान रोपाइ भएको छ । उहाँका अनुसार पछिल्लो समय जिल्लामा दुईदेखि तीन बाली धान लगाउने क्रम बढ्दो क्रममा रहेको छ

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter