जवराको बयान बीचमै रोकिन सक्छ : अध्यक्ष ओली

विष्णुप्रसाद पोखरेल / दमक, भदौ १६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।

विहीबार अपरान्ह गृह जिल्ला झापा आउनुभएका ओलीले भद्रपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो आशंका व्यक्त गर्नुभएको हो । “गठबन्धन सरकारले अब महाअभियोगलाई अघि नबढाएर बयान बीचमै रोक्न सक्छ” उहाँले भन्नुभयो ।

जबराले महाअभियोग सिफारिस समितिमा बयान दिँदा त्यो समयमा भएको अनैतिक क्रियाकलाप र न्यायाधीशहरुसँगको लेनदेन भएको बिषय सार्वजनिक गरेकाले बयान रोकिन सक्ने उहाँले बताउनुभयो । “बयान बीचमै रोकियो भने अनौठो नमाने हुन्छ” उहाँले भन्नुभयो ।

प्रधानन्यायाधीश जबराबाट एकपछि अर्को पोल खुल्दै जाने भएपछि बयान रोकिन सक्छ अध्यक्ष ओलीले भन्नुभयो । ओली शनिवारसम्म आफ्नो निर्वाचन क्षेत्र दमकसहित झापाका बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । एक महिना यता अध्यक्ष ओली लगातर झापा पुगिरहनुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter