नेपालको बिकासमा भारतको सहयोग उल्लेख्य : गृहमन्त्री खाण

श्यामशंकर पाण्डे / लुम्बिनी, भदौ १८ गते । गृहमन्त्री बालकृष्ण खाणले नेपालको बिकासमा भारत सरकारको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासमा भारतको ठूुलो सहयोग रहेको उहाँको भनाइ छ ।

रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको भवन तथा प्रयोगशालाको शनिवार यहाँ उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । सहयोगका लागि उहाँले भारत सरकारलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।

एउटा गतिशील मुलुकको रुपमा नेपाल अघि बढिरहेको र नेपाल–भारत असल छिमेकी देश समेत भएको प्रस्ट पार्दै दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुुभयो । ‘नेपाल र भारतको भाषा, भेषभुषा, संस्कृति, चाडपर्व मिल्दोजुल्दो छ, जनस्तरदेखि नै बलियो सम्बन्ध छ’ उहाँले भन्नुुभयो ।

त्यस्तै, गृहमन्त्री खाणले नेपालको संविधानले नेपाली जनतालाई शक्तिको केन्द्रमा राखेको र जनतालाई नेपालको मालिकको रुपमा स्थापित गरेको चर्चा गर्दै नेपाली जनतालाई सबल, सक्षम बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुुभयो ।

नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले सो बिद्यालयमा ४० प्रतिशत विद्यार्थी छात्रा हुनु महत्वपूर्ण उपलब्धी भएको बताउनुुभयो । भारतमा पनि छात्राको शिक्षामा सरकारले जोड दिएको उल्लेख गर्दै नेपाली र भारतीय जनताबीच राम्रो सम्बन्ध रहेको बताउनुुुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले नेपाल र भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने बताउनुुभयो । बिद्यालय भवन भारत सरकारको सहयोगमा निर्माण भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter