सात वटा क्यासिनोलाई सात दिनभित्र कर बुझाउन महानगरको पत्र

काठमाडौं, भदौ १९ गते। सात दिनभित्र कर सात वटा क्यासिनोलाई कर बुझाउन काठमाडौं महानगरपालिकाले पत्र काटेको छ। आर्थिक वर्ष २०७५/७६ देखि महानगरपालिकालाई सात वटा क्यासिनोले मनोरञ्जन कर नबुझाएकाले आइतबार महानगरले पत्र काटेको हो।

महानगरले म्यारिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, र्‍याडिसन होटलको क्यासिनो र्‍याडी, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बुझाउन भन्दै पत्र काटेको छ।

ती क्यासिनोहरुले पटक-पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरका विभागीय प्रमुख डा. शिवराज अधिकारी काट्नु भएको पत्रमा उल्लेख छ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था रहेकाले महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बक्यौता कर असुल गरिने पत्रमा उल्लेख छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter