केन्याविरुद्ध एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्वीप’

काठमाडौं, भदौ २० गते । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले ‘क्लिन स्वीप’ गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले केन्यालाई ६ विकेटले हरायो ।

यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । केन्याले दिएको दुई सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धसतकीय इनिङ्स खेल्नुभयो । अर्जुनले ५८, आसिफले ५६ र वसिरले अविजित ५२ रन बनाउनुभयो । यस्तै कप्तान रोहित पौडेलले अविजित ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाउनुभयो । बलिङमा केन्याका भिराज पटेल, सेम एन्गोचे र याश तालातीले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ५५ रन बनाएको थियो । केन्याका लागि कोलिन्स अबुयाले सर्वाधिक ८४ रन बनाउनुभयो । लुकास एनडानडासनले अविजित ५९, सुखदिप सिंहले ३७, इमानुएल बुन्डीले २३ र कप्तान शेम एनगोचे १७ रन बनाउनुभयो ।

बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई दुई विकेट लिनुभयो । वसिर अहमद र साहब आलमले एक एक विकेट झार्नुभयो । यसअघि नेपालले केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter