निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न आदिवासी जनजाति आयोगको माग

काठमाडौं, भदौ २१ गते । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । मङ्गलबार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संवैधानिक तथा कानुनी प्रावधानको व्यवस्था, मर्म र भावनाअनुसार आदिवासी, जनजातीको समानुपातिक समावेशी प्रतिनिधित्वको सम्बन्धमा आदिवासी जनजाति आयोगको गम्भीर चासो रहेको छ । राज्यको नीति निर्माण गर्ने अङ्ग प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक प्रतिनिधित्व होस् भन्ने राजनीतिक पार्टी, संविधान तथा कानुन कार्यान्वयन गर्ने निकायसमक्ष आदिवासी जनजाति समुदायको माग छ ।’’

अध्यक्ष मगरले प्रतिनिधिसभा तथा प्रदेशसभामा समानुपातिक प्रतिनिधित्व होस् भन्ने राजनीतिक पार्टी, संविधान तथा कानुन कार्यान्वयन गर्ने निकाय समक्ष आदिवासी जनजाति समुदायको माग रहेको बताउनुभयो । विगतका निर्वाचनमा आदिवासी जनजातिको जनसङ्ख्या ३५.८१ प्रतिशतको समानुपातिक प्रतिनिधित्व समन्यायिक नभएको उल्लेख गर्नुहुँदै समानुपातिक समवेशिताको सिद्धान्तलाई अन्देखा गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटी नगर्न राजनीतिक दलहरुसँग अध्यक्ष मगरले आग्रह गर्नुभयो ।

अध्यक्ष मगरले भन्नुभयो, ‘‘विगतका निर्वाचनमा आदिवासी जनजातिको जनसङ्ख्या ३५.८१ प्रतिशतको समानुपातिक प्रतिनिधित्व समन्यायिक नभएको भन्ने उक्त समुदायको गुनासो र उनीहरुको प्रतिनिधिको तथ्याङ्कले आदिवासी जनजाती आयोगको ध्यानाकर्षण भएको छ । समानुपातिक समवेशिताको सिद्धान्तलाई अन्देखा गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटी भएमा आदिवासी जनजाति समुदाय राजनीतिक अधिकारबाट वञ्चित हुने भएकोले यसप्रति गम्भीर हुन सबै राजनीतिक पार्टीलाई आयोगको अनुरोध छ ।’’

उहाँले आदिवासी जनजाति समुदाय भित्र पनि लोपोन्मुख र अति सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन नसकिरहेको भन्दै उहाँले त्यस्ता समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिन पनि आग्रह गर्नुभयो ।

‘‘आदिवासी जनजाति समुदाय भित्र पनि लोपोन्मुख र अति सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन नसकिरहेको अवस्थामा त्यस्ता समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिनपनि अनुरोध छ । कतै संविधान, कानुन र समुदायको मर्म र भावनाअनुसार राजनीतिक दलहरुबाट त्रुटी हुन गएमा सम्बन्धित दलहरुलाई ध्यानाकर्षण गराइदिन निर्वाचन आयोगलाई अनुरोध गर्दछौँ । आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी छनोटलाई नै समानुपातिक समावेशी बनाउनको निमित्त सबै राजनीतिक पार्टीहरुलाई आयोग विशेष अनुरोध गर्दछ ।’’

अध्यक्ष मगरले राजनीतिक दलहरुबाट हुनसक्ने त्रुटीलाई नियालेर संविधानतः समानुपातिक प्रतिनिधित्वको अधिकार दिलाउन पनि निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । उहाँले समानुपातिक समवेशिताको सिद्धान्तलाई अन्देखा गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटी भएमा आदिवासी जनजाति समुदाय राजनीतिक अधिकारबाट वञ्चित हुने बताउनुभयो । अध्यक्ष मगरले आदिवासी जनजातिको सहभागितालाई संविधानमा नै सुनिश्चित गर्ने व्यवस्था राखेर अघि बढ्न आवश्यक रहेको पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter