मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २२ गते। नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। भदौ १७ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्णय भएको बताउनुभयो।

सञ्चारमन्त्री कार्कीले भदौ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिपरिषदका सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने र मन्त्रिपरिषद्, विधेयक समितिबाट पेश भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएकाे बताउनुभयो।

यसैगरी, भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २६ वटा निर्णय गरेको छ। यसैगरी १७ गतेकाे बैठकले दुई वटा निर्णय गरेकाे थियाे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter