आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं, भदौ २२ गते । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले जलविद्युतको विषयमा उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भुसालले पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षमा मुलुक पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने बताउनुभएको हो ।

ऊर्जा मन्त्री भुसालले चालु आर्थिक वर्षमा नेपालमा विद्युत् आयातभन्दा विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ता देश बन्ने अवस्थामा पुगेको दाबी गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘‘पछिल्लो समय तीव्ररुपमा जलविद्युतको विकास भइरहेकाले आगामी तीन वर्षभित्र देश पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुनेछ । चालु आर्थिक वर्षमा कुल विद्युत् आयातभन्दा कुल विद्युत् निर्यात बढी भई नेपाल खुद विद्युत् निर्यातकर्ताको रूपमा पुग्ने अवस्था देखिएको छ ।’’

नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको मन्त्री भुसालको भनाइ छ । भुसालले विद्युत् प्राधिकरणले भारतमा निर्यात हुने विद्युत् भारु ५ रुपियाँ ७१ पैसा प्रति युनिटमा बेचिरहेको बताउनुभयो ।‘‘नेपालले भारतको इनर्जि एक्सचेन्ज बजारमार्फत ३६४ मेगावाटसम्मको विद्युत् खरिद बिक्री गर्ने गरेको छ । रुस र युक्रेनको युद्धको कारण समग्र विश्व बजारमा विद्युतको मूल्य बढेको छ । ९ डिसेम्बरदेखि जुन १ गतेसम्म निर्यात गरेको विद्युत् भारु ४ रुपियाँ ९५ पैसा प्रति युनिट छ भने जुन २२ देखि सेप्टेम्बर २२ सम्म भारतमा निर्यात गरिएको विद्युतको मूल्य भारु ५ रुपियाँ ७१ पैसा प्रति युनिट छ । विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा ३ अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको थियो ।’’ उहाँले भन्नुभयो ।

विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा भारतमा तीन अर्ब ८४ करोडको विद्युत् निर्यात गरेको भन्दै चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको पनि मन्त्री भुसालले बताउनुभयो । चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८४ करोड विद्युत् निर्यात गरेको छ । विद्युत् निर्यातले भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान पुग्नेछ ।

मन्त्री भुसालले भन्नुभयो, ‘‘चालु आर्थिक वर्षको साउन महिनामा एक अर्ब ८४ करोड विद्युत् निर्यात गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म १६ अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरिएको छ । यसबाट भारतसँगको व्यापार घाटा कम गर्ने र नेपालीको विदेशी मुद्रा सञ्चितिमा थप योगदान गर्ने देखिन्छ ।’’

मन्त्री भुसालले नेपालले वार्षिक रूपमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पाँच वर्ष मात्रै बाँकी रहेको बताउनुभयो । अहिलेसम्म विद्युत् खरिद बिक्री सम्झौता र विद्युत् उत्पादनको अवस्था हेर्दा पाँच वर्षमा उक्त लक्ष्य पूरा गर्न कठिन रहेको उहाँको भनाइ छ ।

मुलुकमा विद्युत् जडित क्षमता दुई हजार २ सय मेगावाट पुगेको छ । मन्त्री भुसालले गत आर्थिक वर्षमा ७ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भन्दै चालु आर्थिक वर्षमा करिब ८ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्षेपण गरिएको बताउनुभयो ।

जलाशययुक्त जलविद्युतको आयोजनामा निजी क्षेत्रको आकर्षण देखिएको छैन । मन्त्री भुसालले जलविद्युत उत्पादनलाई तीव्रता नदिने हो भने जलविद्युत उत्पादनको लक्ष्य पूरा गर्न नसकिने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter