सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी; क्रिकेट कप्तान लामिछाने निलम्बित

काठमाडौं, भदौ २३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी सूचनामा ‘‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न नहुने’ कसूरमा सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति दिएसँगै पक्राउ पुर्जी जारी भएको छ ।’’

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको हो ।

क्रिकेट कप्तान लामिछाने निलम्बित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानले विज्ञप्ति जारी गर्दै छानबिनमा सहयोग गर्न सन्दीपलाई निलम्बन गरिएको उल्लेख गरेको छ ।

बिहीबार नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ ।

लामिछाने हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्ट इण्डिज पुग्नुभएको छ । क्यानसँगको फोन वार्तामा लामिछानेले आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर क्यानका सचिव प्रशान्त मल्लले जानकारी दिएका छन् ।

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानुभएको हो । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी सम्हाल्नुभएको थियो ।

नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको थियो । एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो ।

त्यसैको अघिल्लो दिन भदौ ५ गते लामिछानेले आफूमाथि जबरजस्ती करणी गरेको उजुरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् । किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter