निर्वाचन र उच्च स्तरीय भ्रमण सुरक्षामा गृहमन्त्रीको चासो

काठमाडौं, भदौ २६ गते। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ। आइतबार अपरान्ह गृह मन्त्रालयमा बसेको सुरक्षा समिति बैठकमा गृहमन्त्री खाणले विपद्को उद्धार, उच्च स्तरीय भ्रमण र निर्वाचन सुरक्षाको विषयमा चासो राख्नुभएको छ।

सोमबारबाट नेपाल भ्रमणमा आउन लाग्नु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समिति अध्यक्ष ली चान्सुको सुरक्षा व्यवस्थाबारे सुरक्षा प्रमुखले गृहमन्त्री खाणलाई जानकारी गराउनु भएको हो। गृहमन्त्री खाणले अहिलेसम्म विदेशी उच्च पदस्थ अधिकारी आउँदा आ–आफ्नो जिम्मेवारी अनुसारको सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिएको उल्लेख गर्दै यो भ्रमणमा चुस्त दुरुस्त सुरक्षा व्यवस्था हुनेमा विश्वस्थ रहेको बताउनु भएको हो।

बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालय र सुरक्षा निकाय मिलेर तयार गरेको ‘विशेष सुरक्षा योजना’ पारित गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। त्यही सुरक्षा योजनाको आधारमा जिल्ला जिल्लामा पनि थप योजना बनाउन सक्ने पोखरेलको भनाइ छ।

गृह मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार बैठकले मुख्य तीन विषयमा छलफल गरेको छ। दार्चुला जिल्लामा शुक्रबार राति गएको बाढी पहिरोमा घाइते र विस्थापित भएकालाई उद्धार, राहत र पुनःस्थापना यथाशक्य गर्ने निर्णय बैठकले गरेको छ। विपदबाट प्रभावितलाई खाद्यान्न सडकबाट पुर्‍याउन समस्या भएमा हेलिकोप्टरबाट भए पनि यथाशक्य पुर्‍याउने निर्णय निर्णय बैठकले गरेको छ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका निमित्त महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र गृहप्रवक्ता पोखरेल उपस्थित हुनुहुन्थ्यो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter