बन्दसूची संशोधन गरी पेश गर्न दललाई एक साताको समय

काठमाडौं, भदौ २६ गते । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची संशोधन गर्न सात दिनको समय दिने निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा आज आइतबार जारी विज्ञप्तिमा सो निर्णय भएको जनाइएको हो ।

निर्वाचन आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । उम्मेदवारको बन्दसूची आगामी असोज २ देखि ३ गतेसम्म बुझाउने समय निर्धारण गरी आयोगले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । प्रवक्ता वाग्लेका अनुसार बन्दसूची छानविन गरी दलहरुलाई सच्याउने समय पनि प्रदान गरिएको छ । असोज ४ देखि ९ गतेसम्म बन्दसूची सच्याउने समय दिने निर्णय आयोगले गरेको वाग्लेले जानकारी दिनुभयो ।

“कानूनी व्यवस्था तथा निर्वाचन कार्यक्रम बमोजिम राजनीतिक दलहरुले २०७९-०६-०२ र ०६-०३ मा उम्मेदवारको बन्दसूची पेश गर्दा आवश्यक कागजातहरु संलग्न राखी सम्बन्धित कानूनी व्यवस्था बमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व हुनेगरी उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने छ” प्रवक्ता वाग्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बन्दसूची पेश गर्दा नियमावली तथा निर्देशिकामा उल्लेख भएबमोजिमको विधि, प्रक्रिया पूरा नभएको वा संलग्न गर्नुपर्ने कागजात संलग्न नभएको अवस्थामा त्यस्तो बन्दसूची दर्ता नहुने पनि प्रवक्ता वाग्लेले प्रष्ट पार्नुभएको छ । तोकिएको व्यवस्था बमोजिम प्रक्रिया पूरा गरी बन्दसूची पेश गर्न उहाँले राजनीतिक दललाई अनुरोध गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter