पैसाका पछि नलाग्न इन्जिनियरलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौं, भदौ २८ गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरूलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् ।

लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरलाई मन्त्रालयमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘अब तपाईँहरूको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरूमाथि ठूलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जबाफदेही बन्नुहोला । कहिल्यै पैसाका पछि नलाग्नुस् । तपाईँले इमानदारी पूर्वक काम गर्नुभयो भने पैसा आफैँ तपाईँको पछि लाग्नेछ ।’’

इन्जिनियरले पैसा नखाई कलम नै चलाउँदैनन् भन्ने सुनिएको भन्नुहुँदै मन्त्री चौधरीले जनतालाई सेवा दिने कुरामा सधैँ ध्यान दिन र जनताले नबुझ्ने भाषामा नबोल्न समेत आग्रह गर्नुभयो ।

‘‘जनतालाई पिर पर्ने काम नगर्नुस् । मन दुख्ने भाषा नबोल्नुस् । तपाईँ जहाँ जानुहुन्छ त्यहाँ रहेका आफू मुनिका कर्मचारीलाई पनि नहेप्नुस् । नथर्काउनुस् । राम्रो संस्कार देखाउनुस् । मेहनतमा विश्वास गर्नुस् । मेहनतले नै तपाईँहरू सचिव बन्न सक्नुहुनेछ,’’ मन्त्री चौधरीले भन्नुभयो ।

ठूला नेता र कर्मचारीका नाम लिएर मन्त्रालयमा दबाब नदिन र नियुक्ति भएकै ठाउँमा गएर काममा खटिन समेत मन्त्री चौधरीले निर्देशन दिनुभयो ।

इन्जिनियरिङ सेवा सिभिल समूहअन्तर्गत बिल्डिङ र आर्किटेकतर्फ ४१ र जनरल उपसमूहतर्फ १८ जना इन्जिनियरलाई मन्त्रालयका सचव डा. रमेशप्रसाद सिंहले शपथ ग्रहण गराउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter