एक लाख २३ हजार ६२४ उम्मेदवारमाथि कारबाही

काठमाडौं, भदौ ३० गते । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।
आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार आयोगले एक लाख २३ हजार ६२४ जना उम्मेदवारमाथि कारबाही गरेको हो । खर्च विवरण नबुझाउने उम्मेदवारले आयोगलाई सात लाख ५० हजारदेखि डेढ लाखसम्म जरिवाना तिर्नुपर्नेछ ।