लैङ्गिक हिंसा व्यवस्थापनमा प्रभावकारी बन्दै ‘ओसीएमसी’

काठमाडौं, असोज २ गते । १० वर्षमा ७० हजार भन्दा बढीले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)बाट सेवा लिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीति तथा निर्देशिकाको विषयमा भएको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।

मन्त्रालयका लैङ्गिक सल्लाहकार सिताराम प्रसाईँले नेपालमा ओसीएमसी सञ्चालन भएको १० वर्षमा देशभरबाट ७० हजार भन्दा बढीले सेवा लिएको जानकारी दिनुभयो।

अहिले ९४ वटा अस्पतालमा ओसीएमसी सेवा सञ्चालित छन्।ओसीएमसीबाट गत आर्थिक वर्षमा १० हजार भन्दा बढीले सेवा लिइएरको उहाँले जानकारी दिनुभयो।

त्यसैगरी, ओसीएमसी कार्यक्रम सञ्चालन भएका सङ्घीय अस्पतालको सङ्ख्या १६ छ।गत आर्थिक वर्ष तीन हजार ४०९ जनाले सेवा लिएका छन्।आर्थिक वर्षमा सबैभन्दा बढी सेवा लिने कोसी अस्पताल र परोपकार तथा प्रसूति रोग अस्पताल हुन्।

सरकारले ओसीएमसीबाट २४ घण्टा सेवा दिँदै आएको छ।सरकारले यो आर्थिक वर्षमा ७७ वटै जिल्ला अस्पतालमा ओसीएमसी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

के हो ओसीएमसी ?

लैङ्गिक हिंसामा परेका व्यक्ति सर्वप्रथम उपचारको लागि अस्पताल पुग्ने गर्छन्।यस्ता घटनाको सम्बोधन गर्न अस्पतालले लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन गर्न बनाइएको केन्द्रलाई ओसीएमसी भनिन्छ।

मन्त्रालयका लैङ्गिक सचिव इन्द्रमणि पोखरेलका अनुसार ओसीएमसीबाट लैङ्गिक हिंसामा परेका व्यक्तिले शारीरिक उपचार, मनोसामाजिक परामर्श, कानुनी परामर्श, चिकित्साजन्य प्रमाण सङ्कलन सेवा, सुरक्षित आश्रय र आवश्यकताअनुसार पुनर्स्थापना समेत गर्ने गर्दछ।

ओसीएमसी सेवा सञ्चालनका लागि मन्त्रालयले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र स्थापना सञ्चालन निर्देशिका, २०७७ जारी गरेको सचिव पोखरेल जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter