संविधान दिवस तीन दिन हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौं, असोज २ गते । संविधान दिवस, २०७९ राष्ट्रिय दिवसको रूपमा देशव्यापीरुपमा विभिन्न कार्यक्रम गरेर हर्षोल्लासपूर्वक मनाइँदै छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असोज २, ३ र ४ गते तीन दिन मन्त्रालय एवम् मन्त्रालय अन्तर्गतका निकायमा दीपावली लगायतका कार्यक्रम गरेर राष्ट्रिय दिवसका रूपमा संविधान दिवस मनाउने निर्णय यसअघि नै गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेशमा संविधान दिवस भव्यताका साथ मनाउन अनुरोध गरिनुका साथै ‘असोज ३ गते संविधान दिवस राष्ट्रिय दिवसको रूपमा मनाऔँ’, ‘सङ्घ, प्रदेश एवम् स्थानीय तहमा विविध कार्यक्रमको आयोजना गरौँ, संविधान दिवसको महत्त्व बढाऔँ’, ‘घर घरमा राष्ट्रिय झण्डा फहराऔँ, दीपावली गरौँ’ भन्ने जस्ता सन्देश विभिन्न स्थानको डिस्प्ले बोर्डमार्फत प्रवाह गरिएको छ ।

धरहरा एवम् उपत्यकामा रहेका पालिकासँग यसका लागि आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। यस्ता शुभकामना सन्देश नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकमबाट पनि आमरुपमा प्रवाह गरिनेछ। नेपाल दूरसञ्चार प्रदायकले आफ्ना ग्राहकहरूलाई सेवा शुल्कमा विशेष छुट दिनेछन्।

संविधान दिवसको बहुपक्षीय आयामलाई उजागर गर्न विभिन्न लेख, रचनासहितको विशेषाङ्क गोरखापत्र, राइजिङ्ग नेपाल, राष्ट्रिय समाचार समिति लगायत अन्य निजी सञ्चार माध्यमहरूबाट पनि प्रकाशन गरिँदै छ। राष्ट्र, राष्ट्रियता, संविधान र नागरिकबीचको सम्बन्ध जस्ता विविध पक्ष समेटिएको डकुमेन्ट्री नेपाल टेलिभिजनबाट प्रसारण हुनेछन्।

यसैगरी, सञ्चार मन्त्रालय सबै सरकारी निकायको फेसबुक, ट्विटर तथा सामाजिक सञ्जालमार्फत संविधान दिवसको शुभकामना प्रवाह गर्न समेत आग्रह गरेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter