किसानलाई परिचयपत्र दिने तयारी

काठमाडौँ, असोज २ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान वर्गीकरण गरी परिचयपत्र वितरणको गृहकार्य सुरु गरेको छ ।

हालसम्म सूचीकृत भइसकेका सात लाख ६५ हजार किसानलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने गृहकार्य सुरु भएको कृषि मन्त्रालयका उपसचिव तथा किसान सूचीकरण कार्यक्रमका प्रमुख शिवनन्दन साहले जानकारी दिनुभयो ।

दशैँपछि किसान वर्गीकरणको कामलाई अगाडि बढाउने गरी गृहकार्य भइरहेको उहाँले बताउनुभयो । वर्गीकरण भइसकेपछि सरकार तथा अन्य निकायबाट किसानलाई दिइने सेवासुविधा परिचयपत्रका आधारमा नै उपलब्ध गराइने उहाँले बताउनुभयो ।

कतिपय सङ्घसंस्थाले आफ्नै हिसाबमा किसान वर्गीकरण गरी परिचयपत्रसमेत वितरण गरेका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घले कञ्चनपुरको कृष्णपुर नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा किसान वर्गीकरण गरी परिचयपत्र वितरण गरेको छ । यसलाई सरकारको मापदण्डभित्र ल्याउन केही सुधार गर्नुपर्ने आवश्यकता रहेको उपसचिव साहले बताउनुभयो ।

महासङ्घका अध्यक्ष नवराज बस्नेतले कृषि मन्त्रालय र आफूहरूले गरेको किसान सूचीकरणमा खासै फरक नरहेको बताउनुभयो ।

“यो किसान वर्गीकरणको काम गर्नुअघि कृषि मन्त्रालयसँग पनि छलफल भएको हो । कृषि मन्त्रालयसँग सल्लाह गरेर नै यो कामलाई अगाडि बढाएको हो,” उहाँले भन्नुभयो । नेपालमा ४२ लाख घरपरिवार किसान छन् । यस आधारमा अहिलेसम्म थोरै मात्र किसान सूचीकृत भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter