सुविधा सम्पन्न आँखा अस्पताल उद्घाटन

विजयकुमार साह / ढल्केवर, असोज ७ गते । धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पतालको उद्घाटन भएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उद्घाटन शुक्रबार एक समारोहबीच अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्टक हेमिल्टनले गर्नुभएको हो ।

बनेपास्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालले शाखाको रूपमा ढल्केवरमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडको आर्थिक सहयोगमा आँखा अस्पताल निर्माण गरिएको रेयुकाई एईको मसुनागा आँखा अस्पतालका अध्यक्ष मधु आचार्यले बताउनुभयो ।

आँखा रोगका सबै उपचार यहीँबाट गर्न सकिने बताउँदै अध्यक्ष आचार्यले आँखा उपचार गर्न चाहिने अत्याधुनिक उपकरण उपलब्ध रहेको जानकारी दिनुभयो । ढल्केवरमा आँखा अस्पताल सञ्चालनमा आएपछि धनुषा, महोत्तरीलगायत मधेश प्रदेश र भारतीय नागरिकले समेत सहज उपचार सेवा पाउने विश्वास गरिएको छ ।

अस्पताल निर्माण कार्य सम्पन्न गरी गत फागुन महिनादेखि नै सेवा दिँदैआएको छ । अहिलेसम्म एक हजार ६६० जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाका बिरामीको निःशुल्क उपचार गरिएको बनेपास्थित रेयुकाई एईको आँखा अस्पतालका महासचिव हिरामणि शर्माले बताउनुभयो ।

आँखाका बिरामीलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको अस्पतालमा नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका उपचार सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । तीन वर्ष अगाडि डोली इन्टर्मेड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्टक हेमिल्टनले सो आँखा अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

सो आँखा अस्पताल निर्माण गर्न ढल्केवरका समाजसेवी राजाराम महतोले ६ कट्ठा जग्गा दान दिनुभएको थियो । गाउँठाउँमै अस्पताल बनेपछि उपचारमा सहज हुने विश्वास स्थानीयले गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter