प्रभावकारितामा आशङ्का

काठमाडौँ, असोज ७ गते । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण गर्नेगरी सरकारले ल्याएको कार्यक्रमको कार्यान्वयनमा आशङ्का व्यक्त गरिएको छ । वैदेशिक रोजगारबाट फर्केकालाई पुनः एकीकरण गर्ने कार्यक्रमले आर्थिकबाहेकका पक्षमा ध्यान नदिएकाले यसको प्रभावकारितामा आशङ्का गरिएको हो ।

मानव अधिकारका लागि जनमञ्च पिपुल फोरमले बिहीबार राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७९ कार्यान्वयन’ विषयक छलफलमा सहभागीले सो कुरा बताएका हुन् ।

सो अवसरमा अधिवक्ता सोम लुइँटेलले वैदेशिक रोजगारीबाट फर्केकालाई पुनः एकीकरण गर्ने कार्यक्रमको उद्देश्य राम्रो भए पनि यसको कार्यान्वयन प्रभावकारी हुने लक्षण नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम कार्यान्वयनमा जान सजिलो छैन । दाताको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने भनिएको छ तर यसमा लगानीका लागि आकर्षण गर्ने आधार स्पष्ट छैन । कार्यक्रमको नेतृत्व कसले गर्ने र अनुगमन कसले गर्ने भन्ने पनि निर्देशिकामा स्पष्ट छैन ।” उहाँले वैदेशिक रोजगारीका क्रममा महिला श्रमिकका फरक समस्याबारे सम्बोधन नगरिएको बताउनुभयो ।

टे«ड युनियन अधिकारकर्मी लक्ष्मणबहादुर बस्नेतले यस कार्यक्रमको उद्देश्य राम्रो भएकाले यस कार्यक्रमको नेतृत्व र यसका लक्षित वर्गबारे स्पष्ट भएमा कार्यान्वयनमा जान सजिलो हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “वैदेशिक रोजगार पुनः एकीकरण निर्देशिकाले महत्वपूर्ण विषय नै छुटाएकाले अलमल भएको हो ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter