व्यवसायीलाई बोलाएर प्रधानमन्त्रीले भने– दसैंमा मूल्य नबढाउनुहोस्

काठमाडौं, असोज ९: प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् । प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघका प्रतिनिधि भेटेर मूल्यवृद्धिबारे चासो राखेका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न महासंघका अध्यक्ष शेखर गोल्छासहितको टोली पुगेको थियो । यस्तै, चेम्बरबाट अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोली पुगेको थियो भने साना उद्योग महासंघ र परिसंघका तर्फबाट पनि अध्यक्षसहितको टोली पुगेको थियो । यस्तै, सरकारकातर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समेत छलफलमा थिए थिए ।

भेटमा प्रधानमन्त्री देउवाले दसैं र तिहारको समयमा चुस्त रूपमा बजार अनुगमन हुने बताएको सहभागी एक उद्योगीले बताए । उनले कडाईका साथ बजार अनुगमन गरिने र त्यसक्रममा ठगि र कालोबजारी तथा अव्यवहारिक मूल्यवृद्धि गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको ती उद्योगीको भनाइ छ ।

प्रधानमन्त्रीसँगको छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारणले नेपालमा मूल्यवृद्धि भएको जानकारी गराए । यस्तै, छलफलमा गोल्छाले बजार अनुगमनका क्रममा व्यवसायीको मान र प्रतिष्ठामा आँच आउने गरी काम गर्न नहुने समेत बताएका थिए ।

यसैगरी, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भेटमा रुस र युक्रेन युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भइरहेको जानकारी गराए । उनले भने, ‘अन्तर्राष्ट्रिय कारणले गर्दा नेपालमा मूल्य वृद्धि हुँदा नेपालका व्यापारीले अनावश्यक दुःख नपाउने गरी बजार अनुगमन गर्नुपर्छ ।’

खासगरी, पछिल्लो समय खानेतेलमा बाहेक अन्य सबै प्रकारका खाद्यान्नको मूल्यवृद्धि भएको छ । जसले गर्दा प्रधानमन्त्री देउवाले नै बजारमा प्रत्यक्ष चासो राखेका छ । यसअघि, प्रधानमन्त्री देउवाले आज आइतबारदेखि बजार अनुगमन गर्न निर्देशन समेत दिएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter