लुम्बिनीका विद्युतीय गाडी अविलम्ब चलाऊ : गृहमन्त्री खाण

श्यामशंकर पाण्डे / लुम्बिनी, असोज ११ गते । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडिबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिनुभएको छ ।

४३औ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोषले सञ्चालन गर्न नसक्ने भए सक्दिन भन्नु पर्ने अन्यथा अविलम्ब सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

‘‘लुम्बिनी विकास कोषले चलाउने हो भने अविलम्ब चलाउनु पर्‍यो । हैन भने चलाउन सक्दैनौ भनेर हात उठाउनु पर्‍यो, उहाँले भन्नुभयो–‘‘ती सवारी साधनबाट पर्यटकलाई सुविधा दिने हो, यत्तिकै थन्काएर कवाड बनाउन पाइँदैन ।’’ उहाँले सञ्चालनमा कुनै नीतिगत समस्या भए अन्तर मन्त्रालय सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

त्यसबारे आफूलाई स्पष्ट पार्न पनि उहाँले सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । उहाँले कोष, पर्यटन व्यवसायी, उद्योगी व्यवसायी तथा सरोकारवालाहरुसंग विद्युतीय बस सञ्चालनमा देखिएका समस्या र समाधानका उपायबारे समन्वयात्मक बैठक राखेर सञ्चालनमा कुनै कठिनाइ भएमा सोको जानकारी २४ घण्टा भित्र आफूलाई गराउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिनुभएको छ । उहाँले पर्यटकलाई अधिकतम सेवा, सत्कार गर्नु पर्नेमा जोड दिँदै सुरक्षामा कुनै कमी आउन नदिने बताउनुभयो ।

१२ करोडका ५ बस र १४ भ्यान (ट्याक्सी) एडिबीले तिन वर्ष अघि दिएको थियो । अहिले सबै गाडी कोष परिसरको विद्युतीय बसपार्कमा थन्किएका छन् ।

गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन बनाइए पनि बस सञ्चालन नहुँदा अनुदानकै १४ करोडमा निर्माण गरिएको उक्त प्लाण्टबाट ५४ लाख मूल्यको विद्युत् समेत खेर गइरहेको छ ।

गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो । विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter