नेपाली उत्पादन बिक्री भएन, तस्करलाई भ्याइनभ्याई

जानु पाण्डे / कपिलवस्तु, असोज १२ गते । दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रूपमा बाख्रा पालेका व्यवसायी मर्कामा परेका हुन ।

शिवराज नगरपालिका –५ मा अवस्थित नन्दकली बाख्रा फर्म सञ्चालक ज्ञानेन्द्र लामिछानेले स्थानीय खसी बोकाले बजार नपाएको गुनासो गर्नुभयो । “भारतबाट तस्करी भई पशु भित्रिएका छन् । ती पशु चौपाया सस्तो मूल्यमा पाइने हुँदा हाम्रा उत्पादन बिक्री नभएका हुन् ।”

चोरी निकासी गरी ल्याएका पशु चौपाया नक्कली बिल तयार गरी काठमाडौं, पोखरा लगायतका ठाउँमा पुग्नेगरेको लामिछानेले बताउनुभयो । कपिलवस्तुको कृष्णनगर र विजयनगर गाउँपालिका हुँदै भारतीय पशु चौपाया नेपाल भित्रिने गरेका छन् ।

त्यसरी भित्र्याइएका पशु चौपायालाई नक्कली बिल बनाई शिवराज नगरपालिकास्थित खसी बजारमा पुर्‍याउने गर्छन् । त्यहाँबाट ट्रकमा लोडगरी जिल्ला बाहिर बिक्री हुनेगरेको व्यावसायिकाे भनाइ छ । चाडपर्व लक्षित पछिल्लो समय खसीबोका तस्करको गिरोह नै सक्रिय रहेको स्थानीयहरू बताउँछन् ।

स्थानीय कृषकका अनुसार तस्करी गरी नेपाल भित्रिएका खसीबोका सीमा क्षेत्रका फर्मको नाममा विजक बनाई काठमाडौँलगायत सहर पुर्‍याइने गरिएको व्यावसायिले बताएका छन् । चन्द्रौटा पशु हाटबजार व्यवस्थापन समितिका अध्यक्ष अब्दुल कुद्दुसले प्रत्येक मंगलबार बिहान बजार लाग्ने गरेको बताउनुभयो ।

हाटबजारमा खसीबोका सस्तो पाइने भएकाले छिमेकी जिल्लाबाट खरिद गरी आउनेगरेको उहाँले बताउनुभयो । अहिले दशैँ नजिकिएकाले बजारमा खसीबोका खरिद गर्नेको घुइँचो लागेको छ । दाङ, प्युठान, अर्घाखाँची, रुपन्देही र नवलपरासी लगायतका जिल्लाबाट उपभोक्ता तथा व्यापारी खरिद बिक्रीका लागि आउनेगरेको कुद्दुसले बताउनुभयो । चन्द्रौटामा दुई दशकदेखि खसी हाटबजार सञ्चालनमा रहेको छ ।

लुम्बिनी प्रदेश मुकाम भालुवाङबाट खसी खरिद गर्न आएका चन्द्रबहादुर घर्तीले रोजेजस्तो र अरु ठाउँभन्दा सस्तोमा खसीबोका पाइने भएको हुँदा विगत १० वर्षदेखि चन्द्रौटा खसी हाटबजार आउनेगरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter