कत्थकको तीन दिने कार्यशाला सम्पन्न

काठमाडौं, असोज १५ गते। नेपाःडान्स एकेडेमीको आयोजनामा काठमाडौंमा तीन दिनसम्म चलेको कत्थक कार्यशाला सम्पन्न भएको छ।

कार्यशालामा भारतका कत्थक गुरु कुमार शर्माले प्रशिक्षण तथा कत्थक नृत्यको बारे जानकारी दिनुभयो। कार्यशालामा सहभागी ५० बढी प्रशिक्षार्थीलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिइएको थियो। कार्यशालाको समापन समारोहमा सम्पूर्ण प्रशिक्षार्थीले एकसाथ प्रस्तुति दिएका थिए।

काठमाडौं महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा रसियन कल्चर सेन्टरमा भएको समापन कार्यक्रममा नेपाः डान्स एकेडेमीका नृत्य गुरुका साथै प्रशिक्षार्थीले प्रस्तुति दिएका हुन्।

कार्यशालामा बुटवल, मोरगं, चितवनलगायत नेपालका विभिन्न भूगोलबाट सहभागी भएको कार्यक्रम संयोजक रिना महर्जनले जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter