बाख्रा पालनबाट महिलाको आयस्तरमा वृद्धि

अमरराज नहर्की / तनहुँ, असोज १८ गते । तनहुँको भिमाद नगरपालिका र घिरिङ गाउँपालिकाको महिलाको बाख्रा पालनबाट आयस्तर परिवर्तन भएको छ । दुई पालिकाबाट यसपालिको दशैंमा खसी र बोका बिक्री गरी झण्डै तीन करोड रुपियाँ महिलाले आम्दानी गर्न सफल भएका छन् ।

सहकारीमा आबद्ध महिलाहरूले दुई करोड ५० लाख र अन्य कृषकहरूले ५० लाख गरी सो रकम आम्दानी गरेका हुन् । घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीमा आबद्ध धना थापाले यस पटकको दशैंमा खसी बिक्री गरेर एक लाख ६ हजार रुपियाँ आम्दानी भएको बताउनुभयो ।

दशैंमा चार वटा खसी बिक्री गर्दा राम्रै आम्दानी भएपछि थापालाई चाडपर्व कसरी मनाउने अब चिन्ता छैन । एउटै खसी ५० किलो तौलको बनाइ बजारमा विक्री गरेको उहाँले बताउनुभयो । गत वर्षको दशैंमा पनि थापाले चार वटा खसी बिक्रीबाट एक लाख कमाई गर्नुभएको बताउनुभयो ।

बाख्रा पाल्नुअघि दशैं कसरी मनाउने चिन्ता हुन्थ्यो, अहिले घरखर्च चलाउने समस्या छैन उहाँले भन्नुभयो । खसीबोका विक्री बाट वार्षिक दुई लाख बचत गर्नेगरेको उहाँले बताउनुभयो ।

घिरिङकै भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध कमला आलेले पनि दशैंका बेला एक लाखभन्दा बढीको खसी बिक्री गरेको जानकारी गराउनुभयो ।

थापा र आलेजस्तै अन्य महिलाले पनि बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । महिलाले मात्र सञ्चालन गरेका सहकारीमार्फत यस वर्षको दशैंमा दुई करोड ५३ लाख २० हजार ३२७ बराबरको खसीबोका बिक्री भएको उहाँहरूको भनाइ छ ।

घिरिङ गाउँपालिका –२ भोरकोटस्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेले सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई बजारको समस्या नभएको जानकारी दिनुभयो । भिमाद नगरपालिका –२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्‍याएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter