जमराको फाइदा, यस्ता छन् जमराको जुसका फाइदाहरु

सिर्जना खत्री / काठमाडौं, असोज २० गते । दशै भन्नेबित्तिकै धेरैको मानसपटलमा रातो टीका र जमराको विषय आउँछ । दशैंको पहिलो दिन अर्थात् घटस्थापनाको दिन सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा खोलाबाट ल्याएको शुद्ध माटोमा धान, गहुँ, मकै, जौंबाट उमारिएको जमरा दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा थापेर आशीर्वाद लिने परम्परा छ ।

हामीमध्ये धेरैलाई जमराको उपयोगिता दशैंका दिन कानमा राख्न मात्रै हो कि भन्ने पनि छ। दशैंमा जमराको महत्व जति छ, जमरा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको विज्ञहरु बताउँछन् ।

आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवाली नियमितरुपमा जमराको सेवन गर्नाले शरीरमा आवश्यक पर्ने भिटामिन ए’, बी’, सी’, ई’ थाईमिन, फलाम, पोलीफिनोल, क्यारोफिन तथा अन्य खनिज प्रशस्त मात्रामा पाइने बताउनुहुन्छ ।

उहाँका अनुसार जमराको जुसले कलेजोमा भएको विशाक्त पद्धार्थलाई हटाउनुका साथै ठूलो आन्द्रा सफा गरी शरीरमा स्फूर्ति बढाउन मद्दत गर्छ । यसका साथै पाचनशक्ति मजवुत बनाउन, रगत सफा राख्न पनि जमराको जुस उपयोगी हुने डा. ज्ञवालीको भनाइ छ ।

क्यान्सरका बिरामीलाई पनि जमराको जुस लाभदायी मानिन्छ । रोग प्रतिरोध क्षमता वृद्धि गर्ने गुण पनि जमरामा पाइन्छ । मासुभन्दा बढी प्रोटिन हुनुका साथै मधुमेहका विरामीलाई पनि जमराको जुस सेवन गर्नु फाइदाजनक हुन्छ ।

कपाल स्वस्थ राख्न,मानसिक समस्या कम गर्न जमराको जुस लाभदायी मानिने डा. ज्ञवली बताउनुहुन्छ । जमराको जुस सेवनले शरीरमा रगतको मात्रा बढाउनका साथै रगत शुद्ध गर्न उपयोगी हुन्छ । रगतमा सुगरको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । जसलेगर्दा सुगरका बिरामीको लागि जमराको जुस सेवन गर्नु धेरै राम्रो मानिन्छ।

डा. ज्ञवालीका अनुसार युरिक एसिड र उच्च रक्तचाप कम गर्न, आँखाको ज्योति बढाउन जमराको जुस उपयोगी हुन्छ । त्यस्तै अनुहारको कालो पोतो, दाग हटाउन पनि जमराले मद्दत गर्छ । डा. ज्ञवलीका अनुसार जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा पहेलो जमरामा क्लोरोफिल तत्व हुदैन । तर हरियो जमरामा पाइने क्लोरोफिल मुटुको धमनीका लागि पनि लाभदायी हुने उहाँले बताउनुभयो ।

हरेक दिन २० देखि ३० मिलि जमराको जुस खाली पेटमा वा चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नु उचित हुने डा. ज्ञवलीको सुझाव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter