सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी नियन्त्रणमा

दीपा चाैधरी / काठमाडौँ, असोज २० गते । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ । उहाँले भन्नुभयो, ‘लामिछाने नेपाल पुगिसक्नु भएको छ, उहाँलाई विमानस्थलबाट हामीले नियन्त्रणमा लिएका छौँ ।’ लामिछाने स्वदेश फर्किन लागेको जानकारी सामाजिक सञ्जालबाट दिनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने भए पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा घुमेको थियो । लामिछानेविरूद्ध गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिनुभएको छ । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले लामिछानेलाई विमानबाटै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter