गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, असोज २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गैर नागरिकतासम्बन्धी ऐनलाई संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मङ्गलबार गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘तपाईँहरूले धेरै उठाउँदै आएको कुरा नागरिकतासम्बन्धी सवाललाई पनि निकट भविष्यमा गैर नागरिकतासम्बन्धी ऐनमा समेटेर लैजानेछौँ । आफूसँग भएको सीप, पुँजीहरू नेपालको विकासमा लगाउन आह्वान गर्दछु ।’’ यसैगरी, प्रधानमन्त्री देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान पनि गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली सङ्घलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हरेक गैर आवासीय नेपालीहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘गैर आवासीय नेपाली सङ्घको सहजरुपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ । संसारभर छरिएर रहनुभएका नेपालीहरू, नेपालका गैर आवासीय दूतहरू हुन् । तपाईँहरूले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।’’

गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरूको विकास र प्रवर्धनमा सहयोग पुर्‍याउन आवश्यक रहेको पनि उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैर आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरूले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्र्याउनसमेत अग्रसरता लिन आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र सकेसम्म यहाँबाट स्वदेशी उत्पादनहरूको विकास र प्रवर्धनमा सहयोग पुर्‍याउन आवश्यक छ । यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरूको संरक्षणमा समेत टेवा पुग्छ । गैर आवासीय नेपालीहरूले आफैँले विदेशमा आर्जन गरेको आयातलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरूले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक छ ।’’

उहाँले गैर आवासीय सङ्घको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट दुई करोड रुपियाँसम्म कायम गरेको बताउनुभयो । धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरूलाई खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख उहाँले गर्नुभयो । प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘गैर आवासीय सङ्घको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा पाँच करोडबाट दुई करोड रुपियाँसम्म कायम गरेको छ । धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरूलाई खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था पनि गरिएको छ । यसबाट गैर आवासीय नेपालीलाई विभिन्न माध्यममा लगानी गर्न उत्प्रेरित गर्नेछ । गैर आवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि लिएर सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा काम सरकारले आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ ।’’

प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter