सोह्र हजार भक्तजनले गरे पाथीभराको दर्शन

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैँको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।

दशैँ र तिहारको अवधिलार्ई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यस वर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ जना भक्तजनले पाथीभरा माताको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विगतमा झैँ यो वर्ष पनि दशैँको अवधिमा पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो। काफ्लेका अनुसार पाथीभरा दर्शनमा अधिकांश आन्तरिक भक्तजन आएका छन्। सीमित भक्तजन देश बाहिर भारतको सिक्किम र दार्जिलिङलगायतबाट पाथीभरा दर्शनमा आएका समितिले जनाएको छ।

नवरात्रको पहिलो अर्थात् घटस्थापनाको दिन दुई हजार ३६७ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन्। नवरात्रको दोस्रो दिन दशैँ अवधिकै सबैभन्दा बढी दुई हजार ७४६ जना भक्तजनले पाथीभराको दर्शन गरेका कार्यकारी निर्देशक काफ्लेले जानकारी दिनुभयो। दशैँको अन्य दिनमा पनि हजारको हाराहारीमा पाथीभराको दर्शन गर्न भक्तजन आएका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

विगत वर्षको तुलनामा भने यो वर्ष भक्तजनको उपस्थिति केही कम भएको छ। धार्मिक मान्यताअनुसार अन्ध शुक्रका कारण यस वर्ष भक्तजन केही कम आएका पाथीभराका पुजारी बताउँछन्। त्यस्तै झरी बादलको मौसम भई दिएकाले पनि भक्तजनको आगमनमा कमी आएको बताइएको छ। तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा धाममा पूर्वका जिल्लाबाट साथै काठमाडौँ, पोखरालगायतबाट पाथीभराको दर्शनमा भक्तजन आएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter