उपराष्ट्रपति पुनद्वारा नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन

काठमाडौं, असोज २८ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली खेलकुदको महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गर्नुभएको छ। पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले नवौं खेलकुदको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले खेलकुद उत्सवको सफलताको शुभकामना दिनुभएको छ।

‘‘माछापुच्छ्रेको काख, फेवातालको किनार, रुपाताल, सेतीको किना र देशकै सुन्दर नगरी पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा मलाई ज्यादै खुसी र गर्व लागेको छ’’, उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले भन्नुभयो, ‘‘यही कात्तिक ३ गतेसम्म पोखरा र गण्डकी प्रदेशका विभिन्न स्थानमा सञ्चालन हुन लागेको नेपाली खेलाडी र खेलप्रेमीको यो महान् उत्सव खेलकुदको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।’

राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरा फर्किएको हो । यसअघि २०४० सालको दोस्रो संस्करण तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र (पोखरा) ले आयोजना गरेको थियो । देश सङ्घीय संरचनामा गएपछि गण्डकी प्रदेशले पाएको यो पहिलो अवसर हो । प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारले ६० करोड रुपियाँ बजेट दिएको छ ।

प्रतियोगिताको शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गरेपनि प्रतियोगिताका कतिपय खेलहरू यसअघि नै सुरु भइसकेका छन् । शुक्रबारसम्म पदक तालिकामा आर्मी क्लब अगाडि छ । आर्मीले पाँच स्वर्ण, ६ रजत र सात कांस्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको बागमती प्रदेशले चार स्वर्ण, तीन रजत र एक कांस्य जितेको छ । यस्तै एपीएफ क्लबले दुई स्वर्ण, चार रजत र सात कांस्य जितेको छ । पुलिस क्लब र सुदूर पश्चिम प्रदेशले एक एक स्वर्ण जितेको छ ।

कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समापन भने प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । गण्डकी प्रदेशका आठ जिल्लाहरूमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न ३६ र दुई प्रदर्शनी खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशभरबाट ६ हजार १५७ खेलाडीले चार सय चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।

यसैगरी चार सय चार नै रजत र ६ सय १ कांस्य पदकका लागि समेत ११ टोलीका खेलाडीबीच बलियो भिडन्त हुनेछ । प्रतियोगितामा सहभागी ११ टोलीहरूमा सात प्रदेश, विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter