सादा जीवनका शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं, असोज ३० गते । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको उहाँकी भतिजी देवकी श्रेष्ठले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।

‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर आयो । हामी अस्पताल पुग्दा उहाँलाई भेट्न सकेनौँ’, भतिजी देवकी श्रेष्ठले भन्नुभयो, ‘‘ठ्याक्कै समय त थाहा भएन बिहान सात बजेतिर उहाँको निधन भएको हो ।’’

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको चिकित्सकले बताएका थिए ।

सत्यमोहनको सादा जीवन

‘के खायो रेलिमै के लायो होला,

मेरो माया रेलिमै वनको जुरेली चरीले।’

गाउँका अशिक्षित मानिसले गाएको गीत हो यो। जसबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्ञान प्राप्त गर्नुभएको थियो।

जीवनमा वाङ्मय शताब्दी पुरुषको एउटै मात्र सिद्धान्त थियो। ‘सादा जीवन उच्च विचार’। र जुरेली जोशीको गुरु हो। त्यसैले ‘द फिलोसोफि अफ स्याटिस्फ्याक्सन’ अर्थात् त्यही जुरेलीको सन्तोष जुन जोशीको मनमा थियो।

‘असन्तोषी सदा दु:खी, सन्तोषी सदा सुखी’ यस सिन्द्धान्तलाई अंगालेर जोशीको १०३ वर्षीय यात्रामा उहाँको मनमा सधैँ सन्तुष्ट रहने गर्‍थ्यो।

सय वर्ष कटिसक्दा पनि स्वस्थ र फुर्तिलो हुनुमा उहाँको प्रमुख कारण थियो। उहाँ धूम्रपान गर्नुहुन्न थियो। उमेरले पाको भएपनि खोकी, दम, मधुमेह र उच्च रक्तचाप जस्ता कुनै पनि रोग थिएन जोशीमा। कुनै प्रकृतिका औषधिको प्रयोग पनि गर्नुहुन्थेन जोशीले।

साधारण जीवन जिउने चाहना राखेका जोशीको ‘प्लेन लिभिङ हाई थिन्किङ’ मा सयौँ यात्रा बित्यो। भोलि के होला, के खाने, कहाँ जाने, कोसँग भेट गर्ने जस्ता केही विचार हुँदैन जुरेलीमा। त्यसैले भोलिको लागि भोलि नै व्यवस्था गर्ने शक्ति जुरेलीमा रहने गर्छ। त्यो जुरेली जस्तै सारा जीवन आनन्दसँग बिताउने, कुनै किसिमको उत्तौलेपन नभएको तर विचार अर्थात् चिन्तन गर्ने शताब्दी पुरुष हुनुहुन्थ्यो जोशी।

जोशीको आफ्नै शब्दमा भन्नुभएको थियो, “मेरो आमाले मलाई जन्म दिनुको एउटै उद्देश्य थियो। अहिले म जे छु त्यो आमाको पेटबाट बनेको हो अर्थात् मेरो मुख, हात, आँखा लगायत सबै अङ्ग आमाको देन हो। १० महिना आमाले पेटमा बोक्दा कति दुःख भयो होला। तर, आज म जे छु यो सबै मेरो चिन्तन मनन् हो। जुन कुराको विचार हामी गर्दैनौँ।”

जोशी भन्ने गर्नु हुन्थ्यो, “चिन्तन मनन् ईश्वरीय देन हो। जुन नदेखिने गरी ईश्वरले हामीलाई दिनुभएको वरदान हो। आज संसारलाई बुझौँ, विचार गरौँ अनि एकदिन सबैको पालो आउँछ, सबैलाई यो संसार त्यागेर टाढा जानु नै छ।”

चिन्ता धेरै भएमा मानिसको आयु कम हुने जोशीको विश्वास थियो। जीवनलाई राम्रो बनाउन परमात्मा सत्य हुनुपर्छ। जुन जानियो भने जीवन सुखमयमा बित्ने उहाँको भोगाइसमेत थियो। जोशीको सादा जीवन उच्च विचारजस्तै १०३ वर्ष बाँच्नुमा सादा खाना अर्थात् दाल भात तरकारीको पनि उत्तिकै महत्त्व रह्यो।

यति धेरै वर्ष बाँच्नुको मुख्य कारण चिन्तन मनन् रहेको उहाँ बताउने गर्नुहुन्थ्यो। एक डेढ घण्टासम्मको पैदल बाटोमा उहाँ सकेसम्म बस वा कुनै पनि सवारीसाधन चढ्नुहुन्नथ्यो। उहाँ सधैँ दौरा सुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्किनु हुनुहुन्थ्यो, उहाँको पहिचान पनि थियो।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter