निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीलाई तालिम

रेखीराम राना / पाल्पा, कात्तिक २ गते। मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि पाल्पाबाट एक हजार २१५ म्यादी प्रहरी खटिने भएका छन्। २४६ मतदान केन्द्र र ११८ मतदान स्थलको सुरक्षाका लागि एक हजार २१५ जना म्यादी प्रहरी छनौट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

छनौट भएका म्यादी प्रहरीका लागि आवश्यक सुरक्षा सम्बन्धी १० दिने तालिम सुरु गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो। तालिमपछि म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि विभिन्न स्थानमा खटाइने प्रजिअ पन्तले बताउनुभयो।

पाल्पाको तानसेन र रामपुरमा गरी दुई स्थानमा एकैसाथ म्यादी प्रहरीलाई तालिम सञ्चालन गरिएको छ। दुई हजार ६७ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएकामा एक हजार २१५ जना मात्रै छनौट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो। छनौट भएका म्यादी प्रहरीमा ३२३ महिला र ८९२ पुरुष पुरुष छन्।

पाल्पा जिल्लाका २९ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति सम्वेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले पाल्पाका ११८ मतदान स्थलमध्ये २९ वटा मतदान स्थललाई अति सम्वेदनशील सूचीमा राखेको छ। मतदान स्थलको सम्वेदनशीलतालाई ध्यानमा राखेर म्यादी प्रहरी, जनपथ प्रहरी तथा अन्य सुरक्षाकर्मी खटाइनेछ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter