झिनियाँ रोटी उत्पादनबाट लाखौं आम्दानी

रमेश विश्वकर्मा / गुल्मी, कात्तिक ४ गते । गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो ।

नेवार समुदायले झिनियाँ रोटी व्यावसायिक रुपमा उत्पादन गर्दैआएका छन् । करिब एक सय घरधुरी नेवार समुदायको रहेको वामीटक्सारमा झण्डै ८० प्रतिशतले झिनियाँ रोटी बनाउनेगरेका छन् । नेवार समुदाय मात्र होइन, अन्य समुदाय पनि झिनियाँ रोटीको व्यावसायिक उत्पादनमा आकर्षित भएका छन् ।

अन्य समुदायसहित करिब ५० घरधुरी नेवार समुदायले झिनियाँ रोटी उत्पादन गर्दैआएका छन् । वामीटक्सार बजारका सुशान्त शाक्यले एउटै सिजन तिहारमा मात्रै करिब दुई लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन गर्दैआउनुभएको बताउनुभयो । सबैभन्दा बढी झिनियाँ रोटीको कारोबार गर्ने विष्णुमति श्रेष्ठ यहाँ परिचित हुनुहुन्छ ।

झिनियाँ रोटीको कारोबारबाटै आफ्ना छोराछारीलाई पढाउनेदेखि सडक छेउमै पक्की घर समेत बनाउन सफल हुनुभएको छ । चार जनालाई रोजगारी समेत उहाँले दिनुभएको छ । झिनियाँ रोटीको मूलतः तिहारमा धेरै माग हुनेगर्छ । यही सिजनमा मात्र करिब ६ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

त्यहाँका थुप्रैले झिनियाँ रोटी उत्पादन गरी वर्षेनी लाखौं आम्दानी गर्दै आउनुभएको छ । वामीटक्सारमा मात्र हेइन्, सदरमुकाम तम्घासको पुरानो बजार र बाघमारेका नेवार समुदायले पनि सदियौंदेखि झिनियाँ रोटीको व्यावसायिक उत्पादन गर्दै आउनुभएको छ ।

सदरमुकाम बाहिर वामीटक्सारसँगै पुराना व्यापारिक केन्द्रहरु रिडी, जोहाङ्ग खैरेनी, शान्तिपुर, पुर्तिघाट, बलेटक्सार, रानीबास, धुर्कोटबस्तु लगायतका स्थानमा उत्पादन हुने झिनियाँ रोटीको व्यापारबाट यस जिल्लामा लाखौंको आम्दानी हुनेगरेको स्थानीयको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter