सीमा व्यवस्थित गर्न सरकार लागिपरेको छ : गृहमन्त्री खाण

श्यामशङ्कर पाण्डे / लुम्बिनी, कात्तिक ५ गते । गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाका व्यवस्थित गर्न सरकार लागिपरेको बताउनुभएको छ । सुरक्षा, पर्यटन प्रवर्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेको उहाँको भनाइ छ।

सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार यस्तो बताउनुभएको हो ।

‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुकविरुद्ध नेपालको भूमी प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने छ । यो विषयमा सरकार लागिपरेको छ । निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुरु हुन्छ ।’ गृहमन्त्री खाणले बेलहीयामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपममा पहल गरिरहेको जानकारी गराउनुभएको छ ।

‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाइ भएको हो । जग्गा अधिग्रहण गरेर निर्माण प्रक्रिया अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढेको छ ।’

अधुरो रहेको बेलहिया-बुटवल व्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको अपुरो रहेको सडक निर्माण तीनचार महिनाभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत् आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter