उत्पादन घट्ने अनुमान

शान्ता अधिकारी / चितवन, कात्तिक ५ गते । चितवन जिल्लामा यस वर्ष धान उत्पादन पाँचदेखि सात प्रतिशत घट्ने पूर्वानुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाका अनुसार यस वर्ष ५ देखि सात ७ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान छ ।

अनियमित वर्षा, कम गुणस्तरको बीउ, रासायनिक मलको अभावजस्ता कारणले धानको उत्पादन घट्ने अवस्थामा पुगेको हो । किसानले बीउमा ध्यान नदिनु, कीराको प्रकोप देखिनु, धान फूल खेल्ने समयमा हावाहुरीसहितको पानीका कारण पनि उत्पादनमा असर पर्ने देखिएको थापाले बताउनुभयो ।

कृषकले सिफारिस गरिएकोभन्दा फरक प्रकृतिका बीउलगायका कारण घाँटी मरुवा, पेनिकल ब्लाइट, मिलिब्लग, फट्के कीरा र गभारोजस्तो रोगको समेत प्रकोप देखिएको र यसले उत्पादनलाई असर पार्ने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

कृषकले भने समयमा मल नपाएका कारण धान उत्पादन घटेको बताउँदै आएका छन् । भरतपुर महानगरपालिका–८ का कृषक विश्वराज पौडेल धान रोप्ने समयमा मलको अभावले नै यो वर्ष उत्पादन राम्रो लिन नसकिने अवस्था रहेको गुनासो गर्नुभयो । उहाँले नेपालको प्रमुख बालीका रूपमा रहेको धान उत्पादन वृद्धि गर्न सबैभन्दा महŒवपूर्ण मलको सहज आपूर्ति भएको बताउनुभयो ।

“गत वर्षजस्तै यस वर्ष पनि भनेको बेला मल पाइएन अनि उत्पादन कसरी राम्रो हुने ?” उहाँले प्रश्न गर्नुभयो ।क्षेत्रफल थोरै भए पनि धान उत्पादनका लागि चितवन जिल्ला अग्रस्थानमै पर्छ । हिउँदे र बर्खे गरी २८ देखि ३० हजार हेक्टर क्षेत्रफलमा धान लगाउँदा चितवनमा वार्षिक एक लाख टन हाराहारीमा धान उत्पादन हुँदै आएको छ । पछिल्लो तथ्याङ्कले चितवनमा प्रतिहेक्टर ३.४० टनको हाराहारीमा धान उत्पादन हुने गरेको छ ।

जमिनको खण्डीकरण, खेतीयोग्य जमिन घडेरीमा परिवर्तन गरिँदा यहाँ खेती गरिने जमिनको क्षेत्रफल घट्दो क्रममा छ । चितवन जिल्लामा

‘धान जोन’ छ । धानको औसत उत्पादन बढ्दो भए पनि खेती गर्ने जमिन घट्दो क्रममा रहेका कारण समग्र उत्पादनमा प्रभाव पार्ने गरेको छ । चितवन जिल्लाको पूर्वी क्षेत्रमा धान थन्क्याउने सुरसार भएको छ भने पश्चिम चितवनमा अबको एक सातामा धान काट्न सुरु हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter