माटाका भाँडा बिक्री नहुँदा स्थानीय व्यवसायी निराश

दिवाकर पोख्रेल / देउखुरी, कात्तिक ७ गते । दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यवसायी निराश छन् ।

अहिले कुमाल समुदायले तिहार पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, खक्रुके, गमला, पटेला, ठेकुवा, करुवा, पैनी लगायतका भाँडा लक्ष्यअनुसारको बजार नपाएको कुमाल समुदायको भनाइ छ । चाडपर्व लक्षित निर्माण गरिएका माटाका भाँडाले बजार नपाउने भएपछि लगानी डुब्ने चिन्ताले सताउन थालेको गढवा गाउँपालिका १ बडहरा निवासी राजकुमार थारुले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मौसम खुलेपछि हतार हतार गरेर बनाएका माटाका भाँडाले यो वर्ष सोँचेअनुसारको बजार पाएन, यो वर्ष लगानी डुब्ने होकि चिन्ता लाग्न थालेको छ ।’ मौसम खुल्यो भने सुकाउने र पकाउने काम गर्छौ, यो समयमा जति सकिन्छ बनाउनेतर्फ लागेका छौँ थारुले बताउनुभयो ।

चाडपर्व नजिकिएसँगै कुमाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्भाई हुन्छ । तर बजार प्लास्टिक भाँडाले लिएपछि माटोका भाँडा कम बिक्री हुनेगरेको व्यावसायीहरुको भनाइ छ । विगत वर्षमा दाङको गढवामा निर्माण गरिएको माटाका भाँडा दाङसहित छिमेकी जिल्ला र ठूला सहरमा समेत विक्री हुनेगरेको भए पनि यस वर्ष कम भाँडाहरू बिक्री भएको उहाँहरूको बुझाइ छ ।

गढवा १ पत्रीङ्गाका गाजुराम कुमालले माटाका पालाको लागि प्रत्येक वर्ष प्युठानबाट माग आए पनि अहिले नआएको बताउनुभयो । कुमाल समुदायले प्रति पाला सात रुपियाँ थोकमा विक्री गर्नेगरेको उहाँले जानकारी दिनुभयो । दाङ गढवा गाउँपालिकाका वडा नम्बर १ मा मात्रै ४५ घर परिवार यस पेसामा संलग्न रहेका छन् ।

यस्तै गढवा गाउँपालिकाको वडा नम्बर ४ खैरामा पनि २५ घरपरिवार माटाका भाँडा बनाउने पेसामा संलग्न छन् । गढवाकै वडा नम्बर ६ गढवा कुमाल टोलमा पनि १५ घरपरिवार माटाका भाँडा बनाउने पेसामा संलग्न छन् । गढवा गाउँपालिकाको सबैजसो वडामा कुमाल समुदायले माटाका भाँडा बनाउने पेसा अँगालेका कारण मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले पनि कुमाले पेसालाई संरक्षण गर्ने कार्यक्रम अघि सारेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter